३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

आखाँ शिबिरमा २२ जनाको अप्रेशन



बिष्णु कुमार आले, अर्घाखाँची ।

अर्घाखाँचीको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा एक दिने आखाँ शिबिर आइतबार सम्पन्न भएको छ ।

दुर्गम क्षेत्रका आँखाका बिरामीलाई उपचार तथा अप्रेशन गर्न सजिलो होस भन्ने उदेश्यले नेपाल नेत्र ज्योति संघ र प्राथमिक आँखा उपचार केन्द्र ठाडाद्धारा आयोजित आखाँ शिबिरमा १ सय ३५ जनाले आफ्नो आँखा जाँच गराएका छन् भने शिबिरमा मोतियाबिन्दु लागेका २० जना र आँखामा मासु पलाएका २ जना गरी २२ जनाको अप्रेशन गरिएको छ ।

शिबिरमा पाल्पा लाईन्स लाकौल आँखा अस्पताल बाट आउनु भएकी डाक्टर अन्जिता हिराचनले मोतियाबिन्दु लागेका र आखाँमा मासु पलाएका बिरामीको अप्रेशन गर्नु भएको हो ।

शिबिरमा सितगंगा नगरपालिकाको साविक सिमलपानी, सिद्धारा, जलुके, सुवर्णखाल, जुकेना, सितापुर, ठाडा गाबिसबाट आएका आखाँका बिरामीले सेवा पाएका  हुन् । शिबिरमा  ४० बर्षदेखी ८५ बर्ष सम्मका बृद्धबृद्धाहरू सेवा लिन स्वास्थ्य केन्द्र आएको बताइएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७५ आइतबार ००:००  १ : २३ बजे