३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

साँस्कृतिक कार्यक्रममा समन्वयकारी भुमिका खेल्दै प्रतिष्ठान कपिलवस्तु



थानेश्वर अधिकारी, कपिलवस्तु ।
लक्ष्मणघाट सामाजिक बिकास केन्द्रको आयोजना र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कपिलवस्तुको समन्वयमा सदाका बर्षहरुमा झै यस बर्षपनि यही मंसिर ७ र ८ गते दुइ दिने लक्ष्मणघाट पुर्णिमा मेला तथा बृहत साँस्कृतिक कार्यक्रम लक्ष्मणघाटमा सम्पन्न भएको छ ।
१०० औं बर्ष अगाडी संचालन हुदै आएको सो मेलामा कपिलवस्तु, अर्घाखाँची, प्युठान,रुपन्देही र छिमेकी मुलुक भारत बाट समेत श्रद्धालु भक्तजनहरु मेला भर्न आउने गरेको बाणगंगा नगरपालिका वार्ड नं ६ का वडाअध्यक्ष सुकदेव थारुले जानकारी दिनु भएको छ ।
सो कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न संस्थाका अध्यक्ष रनबहादुर काउचाको संयोजकत्वमा १०१ सदस्सिय मेला मुल आयोजक समिति तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुका जिल्ला अध्यक्ष थानेश्वर अधिकारीको संयोजकत्वमा मञ्च साउण्ड तथा साँस्कृतिक उपसमिति तथा बिभिन्न व्यक्तिहरुको संयोजकत्वमा बिषयगत समिति निर्माण गरिएको थियो ।
प्रत्येक बर्ष र्पुिर्णमा मेलाको अवसरमा बिशेष गरी थारु समुदायका मानिसहरुले बाणगंगा नदिमा स्थान गरी गौपुजन गर्ने दान दिने कथा सुन्ने , मुण्डन गरी मनाइने यो धार्मिक पर्व अहिले सबै समुदायका मानिसले मनाउने गरेको स्थानिय थारु अगुवा झगरु थारुले जानकारी दिनुभएको छ ।
अहिलेको सो मेलामा बिभिन्न स्थानिय व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न बिभिन्न व्यवसायिक, कर्षि, खाद्यान्न तथा घरेलु उत्पादनका स्टलहरु राखिएको थियो । सो कार्यक्रममा चर्चित राष्ट्रिय कलाकार बिधान कार्की, जिवन परियार, बिष्णु ठटराई, दुर्गा नेपाल, पुर्णचन्द्र परियार, थानेश्वर अधिकारी, शिव खनाल, बर्षा लम्साल, मिसन भुसाल, बिमल गैरे मोडल जुना मगर, सरस्वती चौधरी छैठौ कपिलवस्तु डान्स आइडल अजय थारु र नेपालकै कान्छा जादुगर गणेश के.सी लगायतको प्रस्तुती रहेको साँस्कृतिक समिति सदस्य अंजित खनालले जानकारी दिनुभएको छ ।
दुई दिन सम्म सञ्चालन भएको सो मेलामा करिव १२००० दर्शकले अवलोकन गरेका थिए । सो मेला तथा साँस्कतिक कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गर्न बिभिन्न संघ संस्था निकायले सहयोग गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष रन बहादुर काउचाको अध्यक्षता, वडाअध्यक्ष सुकदेव थारुको प्रमुख आथित्यता संस्थाका उपाध्यक्ष ओमप्रकाश पौडेलको स्वागतमा सम्पन्न कार्यक्रमको संचालन पुर्णचन्द्र परियारले गर्नुभएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७५ आइतबार ००:००  १ : २० बजे