३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

आयोनद्धारा ४ दिने राष्ट्रिय संवाद कार्यक्रम आयोजना



काठमाडौं ।

नेपाल युवा संस्था सञ्जाल ९आयोन०ले ४ दिने राष्ट्रिय संवाद आयोजना गरेको छ । आयोनले सातओटै प्रदेशबाट २१ युवा उद्यमीका समूहहरू मार्फत करिब ७० भन्दाबढि युवा उद्यमीसँग राष्ट्रिय संवाद भएको हो ।

नेतृव विकास, सृजनशीलता र सामाजिक उद्यममा हुने राष्ट्रिय संवादका विषयमा संवादमा छलफल भएको आयोनले जनाएको छ ।

राष्ट्रिय संवादले सबै क्षेत्रका युवालाई नेपालमा सामाजिक उद्यमको अवस्था बुझ्न, सामाजिक उद्यमशीलताका लागि आवश्यक जानकारी पाउन प्रेरणादायी हुने पनि आयोनले जनाएको छ । युएनडिपी नेपालको सहयोग तथा नेपाल युवा संस्था सञ्जाल, २०३० युथ फोर्स नेपाल र राष्ट्रिय युवा परिषदको संयुक्त आयोजनमा हुन लागेको युथ कोःल्याबको यो दोस्रो वर्ष हो ।

कार्यक्रमको अन्तिम दिन शुक्रबार सहभागी समूहका प्रतिनिधिले आफू आवद्ध उद्यमको बारेमा प्रस्तुतिकरण दिएका थिए । प्रस्तुतिकरणबाट एरो रुट्स् र एयरलिफ्ट टेक्नोलोजी विजयी भएका छन् ।

विजयी २ उद्यमी समूहलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ भने विजयी २ समुह सन् २०१९ अप्रिलमा भियतनाममा हुने युथ कोल्याब समिटमा सहभागी हुन पाउने भएका छन् ।

 

प्रकाशित मिति : १६ मंसिर २०७५ आइतबार ००:००  १ : १५ बजे