३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

नदी अधिकार मञ्च दक्षिण एसियाको अध्यक्षमा कुशवाहा



श्याम थापा, बङ्लादेश ।
नदी अधिकार मञ्च दक्षिण एसियाको अध्यक्ष पदमा बृजराज कुशवाहा सर्वसम्मत चयन हुनु भएको छ । अन्तरदेशिय नदी ब्यबस्थापनका लागि नागरिक दबाब निर्माण गर्न बङ्लादेशको राजशाही अन्तर्गत गोदागरीमा भएको दक्षिण एसिया स्तरिय नदी अधिकार मञ्चको सम्मेलनले नेपालका कुश्वाहालाई अध्यक्ष चयन गरेको हो ।
सम्मेलनले कुशवाहाको अध्यक्षतामा ५० सदस्यीय समिती पनि गठन गरेको छ । जसको दुई वटा उपाध्यक्ष रहेको छ । जसमा बङ्लादेशको शमशेर अली र ईन्डियाको मुख्तार इस्लाम रहेको छ ।
सम्मेलन कार्यक्रमले नदी अधिकार मञ्चको अगामी बैठक नेपालमा गर्ने र नेपालमा हुने बैठकले थप कार्यविधी तयार गरि अघि बढ्ने अध्यक्ष कुशवाहाले बताउनु भएको छ । नदी तटीय क्षेत्रमा बासोबास गर्दै आएको नेपाल, भारत र बाङ्लादेशका नदी पिडितहरुको साझा समस्या रहेकोले सो समस्यालाई विभिन्न माध्यमबाट समस्या समाधान गर्न र यस बिषयमा तीन देश कै सरकारलाई नेपालमा गण्डक, भारतमा गङ्गा र बङ्लादेशमा पदमा एउटै नदी ३ देशमा फरक फरक नामले चिनिने नदिका पीडितले भोगेका सास्तीलाई अनुभुत गराई राज्यबाटै समस्या समाधान गर्नको लागि ११ बँुदे घोषणा पत्र पनि तयार गरेको छ ।
सो सम्मेलनमा नेपालबाट बृजराज कुशवाहा र बद्री प्रसाद सुबेदीले, भारतबाट तर्कुल इस्लाम र बाङ्लादेशबाट शमशेर अलिले आ आफ्नो नदिबाट समुदायले भोगेका पीडा बारे धारणा राखेको थिए ।

प्रकाशित मिति : १६ मंसिर २०७५ आइतबार ००:००  ६ : ३९ बजे