३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

श्रृङखला संकटमा, ‘हेड टु हेड’ को दोश्रो चरणमा पराजित



काठमाडौं । 

मिस नेपाल २०१८ श्रृंखला खतिवडाको अघिल्लो चरण संकटमा परेको हो ।  अहिले चीनको सान्यामा मिस वल्र्ड २०१८ को फाइनलमा सहभागि भइरहेकी छिन ।

हेड टु हेडको पहिलो राउण्डमा समूह विजेता बनेकी उनी दोश्रो राउण्डमा भने पराजित भए पछि फाइनलमा पुग्ने नपुग्ने निश्चित छैन । दोस्रो चरणमा श्रृंखलाले श्रृंखलाले मिस वल्र्ड सिंगापुर भेनिसा पेहलाई प्रतिस्पर्धीको रुपमा पाएकी थिइन् ।

उनी यो राउण्डमा विजेता भएको भए फाइनलका लागि अन्तिम ३० मा छानिन्थिन् । तर अझै मल्टिमिडिया वा व्युटि विथ पर्पज जितेर श्रृंखला अन्तिम ३० मा पर्ने सम्भावना कायमै छ ।

प्रकाशित मिति : १६ मंसिर २०७५ आइतबार ००:००  ३ : १४ बजे