३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइदै



काठमाडौं ।
आज डिसेम्बर २ तारिख अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइदै छ । सन् १७७९ वाट फ्रान्सबाट बलेको प्रजातन्त्र र समानता आन्दोलनको विगूलले संसारलाई झकझक्याउँदै गयो, क्रमशः अन्य देशहरुमा पनि प्रजातन्त्र र समानताको यो लालसा बढ्दै यसको लागि आवाज उठ्दै आएको थियो । सोही अनुसार हरेक वर्षको डिसेम्वर २ का दिन आजसंयूक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रहरु लगायत संसारभरि दासप्रथा उन्मूलन दिवसका रुपमा मनाउने चलन छ । स्न् १९४९ देखि यस दिवस मनाइने गरेको छ ।
नेपालमा भने श्री ३ चन्द्र शमसेर जंग बहादुर राणाले आजभन्दा करिब ९१ वर्ष अगाडी विसं १९८३ मा दास प्रथा उन्मुलनको घोषणा गरेपछि मनाउन सुरु गरिएको हो । अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनका अनुसार संसारभर ४१ लाख श्रमीकहरुलाई जबरजस्ती जोखिमपूर्ण कार्यगर्न विनाकुनै परिश्रममा लगाईन्छ र यस्ता श्रमीकमा महिला र बालबालिकाको संख्या प्रशस्त छ ।
नेपालमा दास प्रथा उन्मूलन भयो भनिए पनि विभिन्न स्वरुप र तवरमा दासताका घाउ बनाउने भिन्नाभिन्नै सामाजिक स्वरुपहरु नेपालीमाझ अझै पनि कायम नै छ । अहिले पनि पश्चिम नेपालमा मालिकको घरमा बधूवा कम्लरी बस्नुपर्ने प्रथा कायमै छ । कतिपय स्थानमा कलम समाउनुपर्ने हातहरूले होटलमा भाँडा माझ्ने, गलैँचा उद्योग होस् या ईंट्टा भठ्ठा, माईक्रो बस अथवा अन्य सार्वजनिक सवारीमा स साना बालबालिका दासताको जीवन बाँच्न बाध्य छन् ।
अर्कोतर्फ ललाईफकाई चेलीबेटीहरुलाई भारत लगेर बलजफ्ती यौनदास बनाउने क्रम पनि रोकिएको छैन । बेचबिखनको कार्यले धेरै नेपाली चेलीहरुले आफ्नो अनमोल सपना र जीवनको तिलाञ्जली दिन बाध्य छन् । उनिहरुमाथी गरीने शारिरिक, मानसिक दमनका विभिन्न अमानविय व्यवहार भोग्न बाध्य छन् । यसले नेताहरुले दमस प्रथा कम भयो भनेर नेताले भन्ने गरे पनि त्यो नेताको भाषणको रुपमा मात्रै सिमित हुन पुगेको देखिन्छ ।

प्रकाशित मिति : १६ मंसिर २०७५ आइतबार ००:००  ३ : १३ बजे