३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

महोत्सवमा वडा नं. ७ ले हजारौ जनता उतार्ने



मायादेवी अनलाइन, कपिलवस्तु ।
मंगलबार देखि शुरु हुन लागेको दशौ कपिलवस्तु महोत्सवको उद्घाटनमा वडा नं. ७ ले हजारौ जनता उतार्ने भएको छ ।
वडा कार्यालयमा शनिबार बसेको नेकपा वडा स्तरीय कार्यकर्ता भेलाले उक्त निर्णय गरेको हो । महोत्सवको उद्घाटनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउनु हुने भएपछि वडा स्तरीय कार्यकर्ता भेलाले हजारौ जनता उतार्ने जनाइएको छ ।
महोत्सवका वडा स्तरीय जन परिचालन समितिका संयोजक विष्णु गिरीको अध्यक्षतामा बसेको भेलाले वडा नं. ७ बाट तीन बस जनतालाई निशुल्क रुपमा महोत्सव स्थलमा ल्याउने निर्णय निर्णय गरेको छ ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्ड महोत्सव उद्घाटनका लागि आउने भएपछि जनताको सहभागीता जुटाउन थालेको वडा अध्यक्ष समेत रहनुभएका गिरीले बताउनुभयो ।
भेलामा नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं. ५ का सदस्य तथा संविधानसभा सदस्य बलराम अधिकारी, नेकपाका नेता टोप बहादुर थापा, रेम बहादुर राना, शिव वञ्जाडे, टिकाराम नेपाल, नारायण पाण्डे, वडा सदस्यहरु मुम बहादुर पाण्डे, सावित्रा थारु, कमल विक समेतको उपस्थिती रहेको थियो ।
यसैबीच भेलामा गत आर्थिक बर्षमा वडाले गरेका विकास निर्माणको समिक्षा गर्दै आगामी दिनमा गर्ने कामको बारेमा छलफल गरिएको थियो । कार्यक्रमको सञ्चालन नेकपाका नेता भिम थापाले गर्नुभएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७५ आइतबार ००:००  ३ : १० बजे