३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

बिक्री केन्द्र नहुँदा किसानलाई समस्या



तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडामा तरकारी बिक्री केन्द्र नहुँदा किसानलाई समस्या भएको छ । किसानले उत्पादन गरेको तरकारी घर घरमा पुगेर बिक्री गर्नुपर्ने बाध्यता छ ।
उपमहानगरपालिकाका १९ वडाका अधिकांश किसान कृषि पेशामा आबद्ध छन् । पछिल्लो समयमा धेरै किसानले व्यावसायिक रुपमा कृषि पेशा अपनाएका छन् । उनीहरूले उत्पादन गरेको तरकारी भने बिक्री गर्न धौधौ हुने गरेको छ ।
तरकारी बिक्री गर्नका लागि घरघरमा पु¥याउँदा उचित मूल्य नपाएको तुलसीपुर–११ का जागेश्वर भण्डारीको गुनासो छ । उहाँले सम्बन्धित निकायले समस्या समाधान गर्न पहल गर्नुपर्ने बताउनुभयो । किसान भाडा तिरेर अरुको पसल अगाडि तरकारी बिक्री गर्दै आएका छन् ।
मानपुरकी धनमति चौधरी बिक्री केन्द्र नहुँदा तरकारी बारीमै थन्किने गरेको बताउनुहुन्छ । उहाँले तरकारी बिक्री केन्द्र स्थापनाका लागि स्थानीय तहसँग माग गर्नुभयो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले किसानको माग उचित भएको बताउनुभयो । (रासस)

प्रकाशित मिति : १६ मंसिर २०७५ आइतबार ००:००  ३ : ०२ बजे