३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

सबैको प्रतिक्षाको विषय, संघले प्रचण्डलाई समयको महत्व बुझाउन सक्ला ?



मायादेवी अनलाइन, वाणगंगा ।
समयको महत्व बुझ्न नसक्दा तोकिएको समयमा कार्यक्रम नहुने नेपालीको सामाजिक रोग नै बनेको छ । ठिक समयमा बोलाइएको कार्यक्रममा एक दुई घण्टा ढिलाई गर्नु सबैको बानी नै हो । यद्यपि कपिलवस्तु उद्योग वाणिज्य संघले भने त्यसलाई चिर्ने औपचारिक रुपमै निर्णय गरिसकेको छ । तोकिएको समय भन्दा कार्यक्रम एक मिनेट ढिला नगर्ने संघले लिखित रुपमै निर्णय गरेको छ । यसको कार्यान्वयनमा अहिले उद्योग वाणिज्य संघ लागेको छ । यस प्रकारको निर्णयले कपिलवस्तुमा सर्वत्र चर्चा त बटुलेको छदै छ कार्यान्वयन कसरी होला सबैको चासोको विषय छ ।
यसै क्रममा यही मंसिर १८ गते देखि पुस १ गते सम्म कपिलवस्तु उद्योग वाणिज्य संघले दशौं कपिलवस्तु महोत्सवको आयोजना गरेको छ । अहिले संघ महोत्सव सञ्चालनको तीव्र तयारीमा छ । जिल्लाको पहिलो र उच्च गरिमा कमाएको महोत्सवको चर्चा अहिले गाउँ टोलमा त छदै छ । यद्यपि महोत्सव उद्घाटनको चर्चा पनि उत्तिकै छ । महोत्सव उद्घाटन नेपाल कम्युनिष्ट पार्टी ९ ने क पा ० का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले गर्दै हुनुहुन्छ । पूर्व प्रधानमन्त्री समेत भैसक्नु भएका प्रचण्ड जिल्ला आउन लागेपछि जिल्लाबासी खुसी छन । तर, सबैको चासो र विषय एउटै छ संघले प्रचण्डलाई समयको महत्व बुझाउन सक्छ कि सक्दैन रु आफैले गरेको निर्णय प्रचण्डलाई पालना गराउन सक्ला रु जिल्लाबासी यही प्रतिक्षाको घडीमा बसेका छन । संघका कतिपयले आफैले गरेको निर्णयमा चुक्न त चुकिदैन भनेर चिन्ता पनि गर्न थालेका छन ।
यद्यपी संघका अध्यक्ष तथा दशौं कपिलवस्तु महोत्सव मूल आयोजक समितिका संयोजक उमानाथ पौडेलले महोत्सवको उद्घाटन ठिक समयमा नै हुने प्रतिवद्धता जनाउनुभएको छ । आर्थिक खबर साप्ताहिक संग कुराकानी गर्दै अध्यक्ष पौडेलले पूर्व प्रधानमन्त्री प्रचण्डले संघले भनेको ठिक समयमा नै महोत्सवको उद्घाटन गर्ने दाबी गर्नुभयो । संघले औपचारिक रुपमा गरेको निर्णय प्रचण्ड सचिवालयमा जानकारी दिइ सकिएको र उक्त समयको पालन गर्ने उताबाट प्रतिबद्धता आएको उहाँले सुनाउनुभयो ।
उहाँका अनुसार महोत्सवको उद्घाटनसस्त्र ठिक ११ बजे शुरु हुनेछ । ११ बजे उद्घाटनसस्त्र शुरु हुँदा प्रचण्ड भने उपस्थिती हुनुहुने छैन । किनकि प्रचण्डले ठिक १२।३० मा आफु आउने समय दिइसक्नुभएको छ । प्रचण्ड आउनु अगावै अन्य अतिथिहरुलाई आशन ग्रहण गराएर प्रचण्डलाई ठिक साढे १२ बजे स्टेजमा बोलाउने कार्यक्रम तय भएको संघले जनाएको छ । प्रचण्डले ठिक साढे १२ बजे समय दिएको कारण उद्घाटनसस्त्र सोही समयमा सञ्चालन हुने छैन । ठिक ११ बजे शुरु हुने उद्घाटनशस्त्रमा विशिष्ट अतिथि र अन्य अतिथिहरुलाई आशन ग्रहण गराइने छ । तोकिएको समय र उद्घोषकले बोलाएको बेला मञ्चमा नचड्ने अतिथिलाई पछि बोलाइने छैन । त्यस बेला पनि समयमा पालना गर्न संघ लागि पर्ने छ । यसरी समयको महत्व बुझाउनका लागि पनि दशौं कपिलवस्तु महोत्सव महत्वपूर्ण रहने अपेक्षा जिल्लाबासीको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७५ आइतबार ००:००  २ : ४५ बजे