३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

पैसा कमाउन यी सरल उपाय अपनाउने कि ?



एजेन्सी
पैसा कमाउन कसलाई मन लाग्दैन र ? तर दुई नम्बरी धन्धा नगरी सजिलै पैसा कमाउन सकिन्छ र ? अवश्य सकिन्छ । यहाँ हामी तपाईंलाई केही उपाय बताउँछौं जसलाई अपनाउनुभयो भने पैसा कमिन्छ ।
अर्काको देखासिकी गरेर पैसा खर्च नगर्नुस । पैसा उडाउने खालका साथी छन भने तिनीहरूको संगत छोडिदिनुस । तपाईंको पैसामा अरूलाई किन मोज गराउनुुहुन्छ ? पैसा बचाउनु पनि पैसा कमाउनु नै हो ।
आफूलाई चाहिने कुरा मात्र किन्नुस । जे किन्दा पनि अत्यन्त आवश्यक छन कि छैनन भनी विचार गर्नुपर्छ ।
केही नयाँ कुरा सिक्नुस । आफूसँग भएका क्षमता तिखार्नुस । यसरी नयाँ कुरा सिकेपछि तपाईंले पैसा पनि कमाउन सक्नुहुन्छ । मानौं तपाईंले चित्रकला सिक्नुभयो रे, त्यो बेचेर पैसा आउँछ नि ।
आजकल सामाजिक सञ्जालबाट पैसा कमाउन सकिन्छ । आफ्नै युट्युब च्यानल खोल्नुस् र क्रिएटिभ भिडियो अपलोड गरेर मोनेटाइज गर्नुस । तपाईं प्रसिद्ध पनि हुनुहुनेछ अनि धनी पनि ।
घरमा भएका पुराना सामान बेचिदिनुस । घर भरिने गरी सामान थुपार्नुको के अर्थ ? सामान बेच्दा पैसा पनि हुने, घर पनि सुन्दर देखिने ।
कमाइभन्दा कम खर्च गर्नुस । आमदानी अठन्नी, खर्चा रुपैयाँ गरेर काम छैन । अनलाइन शपिङ गर्नुभयो भने छुटको कूपन र सेलमा सामान किन्नतिर जोड दिनुस ।
क्रेडिट कार्डको लत जति छिटो छुट्यो, त्यति राम्रो ।
वर्षैपिच्छे तलब बढ्ला भनेर आश गर्नुभयो भने तपाईं कहिल्यै धनी हुन सक्नुहुन्न । त्यसैले राम्रो तलब दिने जागिरको खोजी गर्दै अफिस छिटोछिटो बदल्नुस ।
दिनदिनै लटरी टिकट किन्नुस । के थाहा, कुनै दिन तपाईंको पनि नम्बर लागेर टन्न पैसा आइहाल्छ कि ?

प्रकाशित मिति : १६ मंसिर २०७५ आइतबार ००:००  २ : २६ बजे