३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

कपिलवस्तु यातायात व्यवसायीमा हमाल निर्वाचित



मणी प्रसाद गैह्रे, तौलिहवा ।
कपिलवस्तु यातायात व्यवसायी समिति तौलिहवाको नवौं अधिवेशनबाट सन्तोष हमाल निर्वाचित हुनुभएको छ । हमाल ३६ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभयो भने उहाँका प्रतिसप्रर्धी मोहम्मद स्तियाक हलुवाइले २६ मत प्राप्त गर्नुभयो ।
समितिको उपाध्यक्षमा राज कुमार पाण्डेय, सचिवमा परशुराम कहार, सह सचिवमा राधेलाल गुप्ता, कोषध्यक्षमा यमन प्रकाश चौधरी निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा कृष्ण प्रसाद कान्दु, बब्लु काहार, घनश्याम कान्दु, देवीशरण चौधरी निर्वाचित भएको निर्वाचन अधिकृत राजु प्रसाद अर्यालले बताउनुभएको छ । नव निर्वाचित अध्यक्ष हमालले यातायात व्यवसायीहरुको हकहितको पक्षमा काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७५ शनिबार ००:००  ३ : ३७ बजे