३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

सन्दर्भ विश्व एड्स दिवस, कपिलवस्तुमा कति छन एचआईभी संक्रमित ?



मायादेवी अनलाइन, कपिलवस्तु ।
शनिबार विश्व एड्स दिवस । नेपालमा पनि बिभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले शनिबार राजधानीमा विशेष कार्यक्रम गरेको छ भने बुटवल, कपिलवस्तुमा पनि बिभिन्न कार्यक्रम भएका छन् ।
यस वर्षको विश्व एड्स दिवसको मूल नारा ‘एचआइभी जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ रहेको छ । विश्वमा अहिले ३ करोड ७० लाख नागरिकमा यो रोगको संक्रमण देखिएको छ ।
कपिलवस्तुमा पाँच सय एक एचआईभि एड्स संक्रमित रहेको पाइएकोे छ । जिल्लामा फेला परेका ५ सय १ जनाले अहिले एआरटी नामक औषधी सेवन गरी रहेका छन ।
५ सय १ मध्ये ५६ जना बालबालिका रहेका छन । ति बालबालिकाहरुलाई मासिक एक हजारको दरले भत्ता उपलब्ध गराउदै आएको कपिलवस्तुमा एचआईभि एड्स न्युनिकरणको क्षेत्रमा काम गर्दै आएको समर्पण सहयोग समुहका केश प्रशिक्षक राम बहादुर भरले जानकारी दिनुभयो । कपिलवस्तुको चन्द्रौटामा विश्व एड्स दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा समर्पण सहयोग समुहले सो प्रशिक्षण दिएको थियो ।
प्रशिक्षक राम बहादुर भरका अनुसार कपिलवस्तुमा ५ सय १ जना एचआईभि एड्स सक्रमित अहिले सम्म खुलेको र अझै सामुदायमा २ सय बढी सक्रमित रोग लुकाएर बसेको जानकारी दिनु भयो ।
कपिलवस्तुको सिमा क्षेत्रका नेपाली नागरिकहरु एचआईभि एड्सको जोखीममा रहेको विभिन्न तथ्यांकले देखाएको छ । सामाजिक बहिष्कारका कारणले गर्दा अझै पनि समुदायमा संक्रमितहरु खुल्न नसकेको शिवराज नगरपालिकाकी उप प्रमुख शिव कुमारी चौधरीले बताउनुभयो ।

प्रकाशित मिति : १५ मंसिर २०७५ शनिबार ००:००  ३ : २८ बजे