३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

सिपी भन्छन्, ओली नेतृत्वको अहिलेको सरकार कम्युनिष्ट होइन



बुटवल ।
नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सिपी गजुरेलले अहिलेको सरकार कम्युनिष्टको नभएको बताउनु भएको छ । केपी ओली नेतृत्वको सरकारले कम्युनिष्टको नाममा जनतामा भ्रम सिर्जना गरेर वितृष्णा फैलाउने काम गरेको उहाले आरोप लगाउनुभयो ।
रिपोर्टर्स क्लवले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै अहिलेको सरकार कम्युनिष्ट नभई प्रतिक्रियावादीको भएको बताउनुभयो । कम्युष्टिको नाममा भ्रम सिर्जना गरेको सरकारले कम्युनिष्ट सिद्वान्त र आचरण विपरित रहेको दावी गर्नुभयो ।
गजुरेलले सरकारले कम्युनिष्टको नाम बेचेर सम्वृद्विको नारा दिएर जनतालाई करको मारमा पारेको आरोप लगाउनुभयो । सरकारले अपराधीलाई पक्राउ गर्न नसकेको र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको बताउनुभयो । उहाले सरकारले शान्ति सुरक्षा दिन नसकेकाले नेपालको शान्ति सुरक्षामा विदेशी दातृ निकायले चासो देखाउन थालेको बताउनुभयो ।
देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्षसमेत रहेका नेता गजुरेलले सरकारले जनतलाई कम्युनिष्टको काममा भ्रम, कर र असुरक्षाको उपहार दिएको बताउनुभयो ।
उहाले अब नयां जनआन्दोलनको विकल्प नभएको बताउंदै पार्टीको बुटवलमा सञ्चालित केन्द्रिय समितिको बैठकले जनआन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने बताउनुभयो ।
बुटवलमा जारी नेकपा क्रान्तिकारी माओवादीको बैठकले देशलाई जोगाउन नयां जनआन्दोलनको कार्यक्रम ल्याउने नेता गजुरेलको भनाई छ ।

प्रकाशित मिति : १५ मंसिर २०७५ शनिबार ००:००  ३ : १७ बजे