३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

यस बर्षको बिन्दबासिनी म्युजिक अवार्ड नविनको पोल्टामा



थानेश्वर अधिकारी, कपिलवस्तु ।
नबौँ संस्करणको बिन्दबासिनी म्युजिक अवार्ड २०७५ को उपाधि लोक तथा दोहोरी गायक नविन पौडेलले हाता पार्नुभएको हो । काठमाडौं कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको हलमा एक भब्य समारोहका बीच गायक पौडेलले अवार्ड पाउनुभयो । भुगर्भ सिमेन्टको सहकार्यमा आयोजित अवार्ड समारोहमा विभिन्न बिधामा कलाकारहरुलाई आमन्त्रण गरिएको थियो । बर्ष भरीमा गीत सङ्गीतमा उत्कृष्ट काम गरे बापत संगीत कर्मिहरुलाई अवार्ड प्रदान गरिने गरिन्छ । यसै अन्तर्गत बर्ष कै सर्बोत्कृस्ट लोक गायक मा “फुलेको तोरिलाई बैँस आकि छोरीलाई जोगाउनै गाह्रो” बोलको गीतबाट गायक पौडेललाई अवार्ड प्रदान गरिएको हो ।
करिब दुई दशक लोकगीतको श्रीबृद्धिमा लागेका अहिलेका निक्कै नै ब्यस्त चर्चित लोकप्रिय एबम स्टेजका अपरिहार्य पौडेललाई सर्बोत्कृष्ट गायकको बिधामा सम्मान गरिएको संस्थाकी अध्यक्ष लिना शर्मा रेग्मीले बताउनुभयो । गीत सङ्गीत क्षेत्रका मुर्धन्य ब्यक्तिहरुको उपस्थितिमा बितरण गरिएको अवार्ड समारोहमा बरिष्ठ गायक एबम सङ्गीतकार शक्ति बल्लबलाई एक लाख राशी सहित दिर्घ साधना सम्मान प्रदान गरिएको थियो ।
यथार्थपरक चेतनामूलक एबम समयसापेक्ष गीत श्रृजनामा अनबरत र अबिछिन्न रुपमा लागेका पौडेलको लागि यो दोश्रो अवार्ड हो । यस अघि उनले सगरमाथा म्युजिक अवार्डमा “बाग्लुङ दरमखोला” बोलको मौलिक बन्चेबाजाको गीतबाट सर्बोत्कृष्ट मौलिक गीत गायकको बिधामा अवार्ड प्राप्त गरेका थिए ।
देशका लगभग सबै भुभाग र बिश्वका दर्जनौँ शहरमा पुगेर हाम्रो देशको कला संस्कृतिलाई प्रोत्साहन गरिरहेका छन गायक पौडेल । उनका ए हजुर सुन्नु भाछ र, यस्तै हुन्छ भन्नेभा, रातो डोरि कपाल लर्केको, के सम्झना छर जान्न मत त्यो घर, बुलाकी झुम्काना, हरेक जातजाति छौँ नानाथरी, सत्य खान्छु कसम, श्रीनगर बतासे डाडैमा, आजै भेट भाको धनगढी आको म परेँ पाल्पाको, दुखका दिन गए, नया पार्टी खोल्छु लगायत का दर्जन बढी गीत हरु दर्सक श्रोताको मानसपटलमा बसिसकेका छन ।

मृदुभाशी सरल एबम सामाजिक भाबनाका गायक पौडेल अन्तर्राष्ट्रिय कलाकार मन्च नेपालका उपाध्यक्ष, प्रस्तोता समाज नेपालका कार्यकारी सदस्य एबम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्ब केन्द्रिय सदस्य समेत हुन ।

आगामी दिनमा अझ राम्रा श्रृजनाहरु श्रृजना गरेर दर्सक श्रोताको मन जित्न आतुर छन गायक पौडेल । यसैक्रममा आगामी योजना सुनाउदै उनले सुन्दर सुदुरपश्चिमको कला संस्कृती र पर्यटन सम्बन्धी गीत “घर मेरो सुदुर पश्चिम” लिएर छिट्टै आउदैछन ।

प्रकाशित मिति : १५ मंसिर २०७५ शनिबार ००:००  ३ : ३४ बजे