४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

ज्ञानज्योती शिक्षा सदन बैदौलिको १० औं वार्षिक उत्सब



राम बहादुर गन्धर्व, कोपवा ।
कपिलबस्तु ज्ञानज्योती शिक्षा सदन वाणगंगा नगरपालिका ६ बैदौलिको १० औं वार्षिक उत्सब तथा अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम सहित सेयर सदस्य, अभिभावक, बुद्धिजिवि तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान समेत गरिएको थियो ।
त्यस्तै कार्यक्रममा विद्यालयको स्थापनाकाल देखि अध्यापन गराउदै आउनुभएका सहायक प्रधानाध्यापक कर्ण बहादुर सुनार र शिक्षक प्रकाश पौडेललाई दोसल्ला सहित सम्मान गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षता, वडा नम्बर ६ का वडा अध्यक्ष सुकदेव थारुको विशिष्ट आतिथ्यता, भुतपूर्व शिक्षक एवम् बुद्धिजिवि द्रोणराज आचार्य, माउण्ट एभ्रेष्ट सहकारिका सचिव रुमलाल पोख्रेल, सोहि विद्यालयका लेखा संयोजक रविलाल भट्राई लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कक्षा १० मा अध्ययनरत छात्रा नविना पौडेलले बालबालिकाहरुको मुख्य मार्गदर्शकको रुपमा अभिभावक रहने हुदा अभिभावकले उनिहरुको रुचि अनुसार हौसला दिनुपर्ने कुरामा जोड दिएकि थिइन ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवम् वडा नम्बर ५ का अध्यक्ष भिष्मराज भुसालले बालबालिका तथा विधालयको उज्ज्वल भविश्यको कामना गर्दै उत्तर उत्तर प्रगतिको कामना व्यक्त गर्नुभएको थियो । विद्यालयको प्राङ्गणमा भएको कार्यक्रमको संचालन विद्यालयका शिक्षक सन्तोष विकले गर्नुभएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७५ शनिबार ००:००  ३ : १४ बजे