३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मंसिर १९ गते वाणगंगा पूर्ण भर्ना नगरपालिका घोषणा हुँदै



दीपा महत, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकालाई यहि मंसिर १९ गते पूर्ण भर्ना नगरपालिका घोषणा गरिने भएको छ । नगरपालिकालाई प्रदेश ५ का सामाजिक विकास मन्त्री सुद्र्धशन बरालले पूर्ण भर्ना नगर घोषणा गर्नुहुने छ ।
शुक्रबार वाणगंगा नगर शिक्षा समितीको नगरपालिकामा बसेका बैठकले उक्त निणर्य गरेको नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । वैठक नगरपालिकाका मेयर तथा शिक्षा समितीका संयोजक मगंल थारुको अध्यक्षतामा बसेको थियो ।
बैठकममा उपमेयर चक्र अर्याल, प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम मरासिनी, सामाजिक विकास समिती संयोजक भिष्मराज भुषाल, श्रोतब्यक्ती कविराज भण्डारी लगाएतको आतिथ्यता रहेको थियो ।
मंसिर १९ गते सिद्धार्थ क्याम्पस बुङ्चीमा हुने उक्त कार्यक्रममा सहभागी हुन प्रवक्ता पौडेलले सबैमा आग्रह समेत गर्नुभएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७५ शनिबार ००:००  ३ : ०६ बजे