३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

प्रदेश नं. ५ मा एक महिनामा ११ जनाको हत्या, घटनाका आरोपी खोज्दै प्रहरी



कपिलवस्तु ।
घोराही उपमहानगरपालिका– १३ को सेवा खोला पुन नजीक विहीबार राति एक व्यवसायीको हत्या भएको छ । घोराहीको वडा नं १४ माथिल्लो बसपार्क नजीक हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका रोल्पाका ४९ वर्षीय नन्दबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख वेलबहादुर पाण्डेका अनुसार हिजो बेलुकी करीब ८ बजेतिर घर्ती बेवारिसे अवस्थामा फेला परेपछि उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यो घटनासंगै प्रदेश नं. ५ मा एक महिनामा ११ जनाको हत्या भएको छ । त्यस्ता हत्यामध्ये गोली प्रहारबाट २, कुटपिटबाट ५ र आफ्नै परिवारका सदस्यबाट ३ जनाको हत्या भएको हो । यी घटना ७ कात्तिकदेखि ७ मंसिरसम्मका हुन ।
ती घटनामा संलग्नताको आरोपमा २३ जना पक्राउ परे पनि केही गम्भीर प्रकारका हत्या आरोपीहरू अझै पहिचान भएका छैनन ।
अपराध नियन्त्रणका लागि अब निर्मम ढंगले प्रस्तुत हुने प्रदेश ५ का प्रहरी प्रमुख नायब महानिरीक्षक डीआईजी पीताम्बर अधिकारीले बताउनुभएको छ । १२ कात्तिकमा दाङको तुलसीपुरका सुकलाल भण्डारीको हत्या भएपछि त्यो घटना बढ्दै आजसम्म ११ जनाले अनाहकमा ज्यान गुमाएका हुन् ।
प्रहरीका अनुसार यो एक महिनामा यौनजन्य अपराधका ५० वटा घटना भएका छन । ती घटनामा संलग्न ३१ जना पक्राउ परेका छन भने ५ फरार छन । यस्तै, जबर्जस्ती करणीका १४ जना पक्राउ परेका छन, एक फरार छन ।
बाल यौन दुरुपयोगमा संलग्न सबै ५ जना पक्राउ परेको प्रहरीले जनाएको छ । पछिल्लो पटक ५९ थान हतियार नियन्त्रणमा आएको छ । र, ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७५ शनिबार ००:००  ३ : ०३ बजे