३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

आज विश्व एड्स दिवस– ‘एचआइभी जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’



कपिलवस्तु, मायादेवी अनलाइन ।
आज विश्व एड्स दिवस आज । नेपालमा पनि बिभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईदै छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले आज राजधानीमा विशेष कार्यक्रम गर्ने जनाएको छ । डिसेम्बर १ का दिन प्रत्येक वर्ष विश्वभर एड्स दिवस मनाउने गरिन्छ । यसै अवसर पारेर नेपालले पनि योे दिवस शनिबार देशभर चेतनामूलक कार्यक्रम गरी बनाउने लागिएको केन्द्रका प्रमुख तारा पोखरेलले जानकारी दिनुभयो ।
यस वर्षको विश्व एड्स दिवसको मूल नारा ‘एचआइभी जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ रहेको छ । विश्वमा अहिले ३ करोड ७० लाख नागरिकमा यो रोगको संक्रमण देखिएको छ ।
नेपालमा भने यो रोग संक्रमितको संख्या ३३ हजार २० रहेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ । केन्द्रका प्रमुख पोखरेलले त्यसमध्ये १२ हजार महिला सो रोगको संक्रमणमा परेको पनि जानकारी दिनुभयो ।
यसैबिच नगर एड्स समन्वय समिति बुटवलको बैठक उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा बसेको छ । बैठकले एड्स दिवसका अवसरमा विभिन्न सचेतना मूलक कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ ।
अवस्था
सरकारको तथ्याङ्कमा ३१ हजार २० जना एचआइभी संक्रमित भए पनि हाल सम्म २१ हजार २८ जनालाई मात्र सरकारले पत्ता लगाएको छ। वैदेशिक रोजगारीमा जाने र कैदीबन्दीहरु उच्च जोखिम एचआइभीको उच्च संक्रमणमा तेस्रो लिङ्गी र लागू पदार्थ प्रयोग गर्नेहरु छन्। तीमध्ये धेरै संक्रमित तेस्रो लिङ्गी यौनकर्मी लागू पदार्थ प्रयोग गर्नेहरु धेरै संक्रमित रहेका देखिएको छ ।
यस्तै वैदेशिक रोजगारीमा जाने र कैदीबन्दीहरु समेत उच्च जोखिमा रहेको राष्ट्रिय एचआइभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा। तारानाथ पोखरेलका बताएबताउनु भयो ।
संक्रमित हुनेहरु धेरै युवा रहेको पाइएको छ। असुरक्षित यौनसम्पर्क कारक नेपालमा रहेका एचआइभी संक्रमितहरुमध्ये करिब ८५ प्रतिशत असुरक्षित यौनसम्पर्कको माध्यमबाट सर्ने गरेको पाइएको छ। सुईद्वारा लागू पदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गीहरु, रोजगारीका लागि विदेश जाने र कैदीलगायतको समूहमा एचआइभी संक्रमणको दर पाँच प्रतिशतभन्दा बढी रहेको छ।

प्रकाशित मिति : १५ मंसिर २०७५ शनिबार ००:००  २ : ४२ बजे