७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

राजपाको बैठक बस्दै नबसी स्थगित



काठमाडौं ।
राष्ट्रिय जनता पार्टी राजपा अध्यक्ष मण्डलको बैठक बस्दै नबसी स्थगित भएको छ। शुक्रबारका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर नबसेको हो । पार्टी भित्रको आन्तरिक विवादका कारण बैठक बस्न नसकेको बुझिएको छ ।
तर राजपा अध्यक्ष मण्डलका संयोजक राजन्द्र महतोले नेताहरुको व्यस्तताका कारण बैठक बस्न नसकिएको बताउनुभयो । उहाले नेता अनिल झा र महन्थ ठाकुरको व्यवस्तताका कारण बैठक बस्न नसकेको बताउनुभयो ।
साथै उहाले राजपा भित्र कुनै पनि विवाद नभएको बताउनुभयो । राजपा सरकारमा जाने विषयमा पनि अहिले कुनै पनि सम्भावना नभएको बताउनुभयो । सरकारलाई दिइएको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा पार्टीको बैठक बसेर निर्णय गरिने बताउनुभयो ।
राजपा बैठकको समयभन्दा अगाडि नेता ठाकुर भारतीय दूतावास पुगेर आउनुभएको थियो । स्रोतका अनुसार उहा परामर्शका लागि भारतीय दूतावासमा गएर आएका हुन्।आउनुभएको हो । तर तोकिएको समयमा बैठक बस्न भने सकेन । उहा भोली उपचारका लागि भारत जाने कार्यक्रमसमेत छ । शुक्रबारको बैठकमा उहालाई सर्वमान्य नेता बनाउने तयारी भएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७५ शुक्रबार ००:००  ९ : १० बजे