७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

व्यापक आलोचना र अवज्ञापछि सरकारले हटायो जोर विजोर प्रणाली



काठमाडौँ ।
व्यापक आलोचना र अवज्ञापछि सरकारले काठमाडौँ उपत्यकामा लागू गरेको जोर विजोर प्रणाली हटाएको छ ।
एसिया प्यासिफिक समिटका लागि भन्दै गृह मन्त्रालयले आवागमन व्यवस्थित बनाउन काठमाडौँमा चल्ने सवारी साधनहरुमा चार दिन जोर(विजोर प्रणाली लागू गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएको थियो । तर यो निर्देशनको सर्वसाधारणबाट अवज्ञा भएपछि सरकार पछि हटेको हो ।
ट्राफिक प्रहरीले गृहमन्त्रालयको निर्देशन अनुसार भन्दै आज शुक्रबार बिहान साढे ११ बजेदेखि जोर विजोर प्रणाली हटाइएको सूचना जारी गरेको छ ।
सरकारले अनावश्यक रुपमा जोर विजोर प्रणाली लागू गरेको भन्दै सर्वसाधारणहरुले विरोध गर्दै अवज्ञा गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७५ शुक्रबार ००:००  ८ : ४४ बजे