७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

झापामा शिक्षिकाको कुटाईबाट बालिका घाइते



झापा ।
दमकमा रहेको एक निजी विद्यालयमा अध्ययनरत एक जना विद्यार्थी शिक्षिकाको कुटपिटबाट घाइते भएकी छिन् ।
ग्लोबल एजुकेसन एकेडेमीमा कक्षा नर्सरीमा अध्यनरत ३ वर्षीया आरुषी पन्थीलाई उनकै शिक्षिकाले नै निलडाम हुने गरी कुटपिट गरेको परिवारले जनाएको छ ।

विद्यालयबाट मावली घर आएपछि बालिकाको माइजूले स्कुुलको ड्रेस चेञ्ज गर्ने क्रममा निलडाम घाउ देखेपछि मामाले स्कुलमा पुगेर एक शिक्षकसँग सोधपुछ गरेका थिए । तर,सोधपुछका क्रममा ती शिक्षिकाले घटनाबारे कुनै प्रतिकृया नदिएपछि आफूले उपचारका लागि अस्पताल ल्याएको मामा विक्रम केसीले बताउनुभयो ।

केसीका अनुसार कुटपिटबाट घाइते बालिकाको दमकको निम्स अस्पतालमा उपचार भइरहेको छ । स्कुलका प्रिन्सिपल गुणराज अधिकारीले बालिकामाथि कुटपिटको घटना छनबिन गरी दोषी भेटिए कारबाही गर्ने बताउनुभएको छ ।

बलिकाको बुबाको पनि मृत्यु भइसकेको र उनकी आमा टिका पन्थी चिया पसल सञ्चालन गरी जीविका चलाउँदै आउनुभएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७५ शुक्रबार ००:००  ६ : ११ बजे