७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

नीति राम्रो हुँदैमा जनताले प्रतिफल पाउँदैनन : प्रजिअ पोख्रेल



भुपाल थापा, तौलिहवा ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागु गर्न सामाजिक सुरक्षा दिवस कपिलबस्तुमा पनि मनाइएको छ । सामाजिक सुरक्षा दिवस २०७५ सम्बन्धी अन्र्तक्रिया कार्यक्रमको आयोजना गरि सदरमुकाम तौलिहवामा सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा प्राप्त गर्नेमा जोड दिइएको छ ।

कपिलबस्तु नगरपालिकाले दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलले सरकारले निती राम्रो ल्याउदैमा जनताले प्रतिफल सहजै नपाउने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ । निती मात्र राम्रो नभएर उचित कार्यान्वयन गर्न कार्यक्रम सहज र सरल हुनुपर्ने उहाको धारणा थियो ।

नगरपालिकाका मेयर किरण सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्तममा प्रजिअ अर्जुन प्रसाद पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्यको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रममा नगरपालिकाका उपमेयर लक्ष्मी गुप्ता, नेपाल बाल संगठनका अध्यक्ष राजु अर्याल, बिभिन्न वडाका वडाध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७५ शुक्रबार ००:००  ३ : २२ बजे