७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

काठमाडौंमा आज जोर नम्बरका गाडीमात्र चल्न पाउने



काठमाडौं ।

उपत्यकामा शुक्रबार जोर नम्बरको गाडी तथा मोटरसाइकल मात्र चलिरहेका छन् । शुक्रबारदेखि हुन लागेको एसिया प्यासिफिक समिटमा सहभागि हुन आएका विभिन्न देशका विशिष्ट व्यक्तिको सहजताको लागि बिहीबारदेखि जोर बिजोर प्रणाली लागू भएको हो ।

आइतबारसम्म जोर बिजोर नम्बरको आधारमा गाडी र मोटरसाइकल चल्न पाउनेछन् । नम्बरप्लेटका अन्तिम एउटा नम्बरका आधारमा जोर बिजोर गणना हुने गृह मन्त्रालयले जनाएको छ । तर अत्यावश्यक सेवा र शैक्षिक संस्थाका गाडीमा भने जोर बिजोर प्रणाली लागू हुने छैन  ।

जोर बिजोर नम्बरको आधारमा कम गाडी चल्दा यात्रुले सास्ती पाएका छन् । थोरै मात्र गाडी चल्दा गन्तव्यमा पुग्न समस्या भएको उनीहरुको गुनासो छ । विवादित संस्थाको कार्यक्रमका लागि सरकारले जोर बिजोर प्रणालीका आधारमा गाडी चलाउने निर्णय गरेर नागरिकलाई दुःख दिएको भन्दै सरकारको विरोध पनि भैरहेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७५ शुक्रबार ००:००  २ : ५२ बजे