७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

महिला आश्रय गृहलाई राहत सामग्री



मायादेवी अनलाइन, कपिलवस्तु ।

१०९ औ अन्तराष्ट्रिय लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसर पारेर कपिलवस्तु नगरपालिका– २ सागरटोलमामा साथी संस्थाको महिला आश्रय गृहलाई राहत सामग्री प्रदान गरिएको छ । कपिलवस्तु नगरपालिका तथा मायादेबी र भृकुटी बहुउद्देश्यीय सहकारीले राहत सामग्री प्रदान गरेको हो ।

नगरपालिकाले १५ हजार, सहकारीले ६ हजार बराबरको सामग्री प्रदान गरेको थियो । नगरपालिकाले ब्लाङकेट, चामल, चप्पल तथा सहकारीले सनेटरी प्याड, अण्डा लगायतका सामग्री उपलब्ध गराएको थियो । राहत सामग्री नगरपालिकाका सामाजिक विकास शाखाका संयोजक तथा वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश गैरे, प्रमुख प्रशासकीय अधिकृत बिमलराज आचार्य, वडा अध्यक्ष केशव बहादुर वाग्ले, रामभजन कलवार लगायतले सेल्टर संयोजक बिमला पौडेललाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा संयोजक गैरे र प्रमुख प्रशासकीय अधिकृत आचार्यले आश्रय गृहलाई थप सयहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । संयोजक गैरको अध्यक्षता, भुपाल थापाको संचालमा भएको कार्यक्रममा महिला अधिकारकर्मी माधुरी श्रेष्ठ, पुष्पा रेक्ष्मी, सुरेन्द लम्साल लगायतले मन्तब्य दिएका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७५ बिहिबार ००:००  ४ : ०२ बजे