७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

राजाबाबु हत्याकाण्ड : निर्दोषलाई पक्राउ गरिएको भन्दै कांग्रेसको आपत्ति



मायादेवी अनलाइन, कपिलवस्तु ।

नेपाली कांग्रेस कपिलवस्तुले गत मंसिर ७ गते शुद्धोदन गाउँपालिका– ४ मोतिभारीमा स्थानीय नेता राजाबावु भन्ने दिपेन्द्र चौधरीको हत्यामा संलग्न नभएका निर्दोष ब्यक्तिलाई पक्राउ गरिएको भन्दै आपत्ति प्रकट गरेको छ । घटनामा तत्कालिन बिठुवा गाबिसका नेपाली कांग्रेस बुथ इकाई समितिका सभापति अमित कुमार पाण्डेयलाई अनाहकमा पक्राउ गरिएको भन्दै कांग्रेसले पाण्डेयलाई तत्कालै रिहा गर्न माग गरेको छ । पार्टीका जिल्ला सचिव महेन्द्र पाठकले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी निकालेको प्रेस बिज्ञप्तीमा सो माग गरिएको छ ।

केही राजनीतिक दलको दवाबमा प्रहरी प्रशासनले पाण्डेयलाई पक्राउ गरी मुद्दा समेत चलाउने प्रयास गरेको र पाण्डेयको घरमा प्रहरी कै अगाडी अज्ञात जत्थाले लुटपाट र आगजनी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । पाण्डेयको मोतिभारीमा रहेको घर, कम्पाईन, ट्याक्टर, मोटरसाईकलमा आगजनी तथा अन्नपात, नगद, जिन्सी सामान समेत लुटपाट हुँदा पनि प्रहरी प्रशासन मौन बस्नु दुखत घटना भएको सचिव पाठकले बताए । ‘झण्डै चार करोडको संपत्ति नष्ट भएको छ तर प्रहरी प्रशासनले त्यस बिषयमा कुनै चासो दिएको छैन उनले भने ।’

मंसिर ८ गते प्रहरीले ठोस कदम नचाल्दा लुटपाट र अगजनी भएको उनले आरोप लगाए । उनले घटनाको वास्तविक दोषिलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन । आगजनी तोडफोड र लुटपाट घटनाको घोर भत्सना गर्दै घटनाको छानबिन सहीत शान्ति सुब्यवस्था कायम गर्न प्रहरी प्रशासन संग माग गरिएको छ । घटनामा मृतकका बुवाले ७ जना बिरुद्ध किटानी जाहेरी दिएका छन ।

सामान्य बिवाद पछि अमितका भाई अजितले राजावावुको गोली हानी हत्या गरेका थिए । घटनाको बेला अमित आफ्नो घरमा परिवारसंग रहेको आरोपितका बाबु पाण्डेयले बताए । दिलिप नाउँ र गोली प्रहार गर्ने बन्टीका दाजु बुल्टु भन्ने अमित पाण्डेलाई घटनाको दिन राती नै प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनाका मुख्य अभियुक्त भने बन्टी भनिने अजित पाण्डे सहीत अन्य ५ जना भने फरार रहेका छन ।

प्रकाशित मिति : १३ मंसिर २०७५ बिहिबार ००:००  ३ : ५८ बजे