कृष्णनगर ।
सीमा नाका कृष्णनगरबाट झुक्याएर भारत लैजान लागिएको चारजना युवतीको उद्धार गरिएको छ । कुवेत जान भनी घरबाट हिँडेका युवतीहरुलाई सोधपुछको क्रममा कृष्णनगर सीमा नाकाबाट के.आई. नेपालले उद्धार गरेको हो ।
उद्धार गरिएका युवतीहरु रुपन्देही, कपिलवस्तु र सिन्धुपाल्चोक जिल्लाका रहेको के.आई.नेपाललका संयोजक केशर विश्वकर्माले बताउनु भयो । उनीहरुलाई लैजाने दलालको खोजी भैरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
प्रतिक्रिया