७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

खुला दिसा गर्नेको लोटा खोसिदै, मायादेवी गाउँपालिकामा सरसफाई अभियान जारी



थानेश्वर अधिकारी, पकडी ।
कपिलवस्तुको मायादेवी गाउँपालिकालाई तोकिएको समय भित्र खुला दिसा मुक्त क्षेत्र घोषणा गर्नका लागि अहिले सो स्थानमा खुला दिसा गर्न बाहिर जाने व्यक्तिहरुको लोटा खोस्ने कार्यक्रममा तिब्रता ल्याइएको छ ।
करिब ४ बर्षदेखी संचालन भएको सो सरसफाई अभियान अन्र्तगत छलफल, अन्र्तक्रिया, प्रचार प्रसार घरदैलो, र्याली, अनुगमन जस्ता कार्यक्रमलाई निरन्तरता दिइएको छ । मायादेवी गाउँपालिकाका ८ वटा वडा मध्ये ७ वटा वडा यस अघि नै खुला दिसा मुक्त क्षेत्र घोषणा भै सके पनि वार्ड नं १ पकडी अझै खुला दिसा मुक्त क्षेत्र घोषणा गर्न सकिएको छैन ।
एक हप्ता देखी वार्ड नं १ का वडाध्यक्ष हरिगोविन्द चौधरीको अगुवाईमा संचालन गरिएको सो कार्यक्रममा प्रदेश साँसद शुष्मा यादव, मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मी , उपाध्यक्ष गिता तिवारी, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, वास संयोजक थानेश्वर अधिकारी, वडा सचिव शिवगुलाव कलवार, वास सहजकर्ता श्याम कुमार बिश्वकर्मा, सरसरसफाई अभियानकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । करिव १२ सय घरधुरी रहेको सो वार्डमा करिब ९० प्रतिशत घरधुरीमा शौचालय निर्माण सम्पन्न भएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७५ बिहिबार ००:००  ३ : ३६ बजे