दीपा महत, कपिलवस्तु ।
इलाका प्रहरी कार्यलय गणेशपुर कपिलवस्तुले भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरिएको इलेक्ट्रोनिक्स सामान बरामद गरेको छ ।
कृष्णनगर नगरपालिका १० औरहवा स्थित सुरहि खोलामा एमएच ०५ एजि ३७७५ नम्बरको मोटरसाईकलमा ल्याउदै गरेको करिब ८९ हजार बराबरका सो सामाग्री बरामद गरिएको हो ।
उक्त सामान र मोटरसाईकल भन्सार कार्यलय कृष्णनगर पठाएको ईलाका प्रहरी कार्यलय गणेशपुरले जनाएको छ ।
प्रतिक्रिया