७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

चित्रकला प्रतियोगितामा ज्ञानपुञ्जकी अपेक्षा हमाल प्रथम



सूर्य चुँदाली, वाणगंगा । 

लायन्स क्लब अफ कपिलवस्तुले बुधबार एक कार्यक्रमका बीच पारिजात माध्यमिक विद्यालय बनगाईमा “भविष्यको शान्ति” शीर्षकमा चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा ज्ञानपुञ्ज बोर्डिङ स्कुलकी छात्रा अपेक्षा हमाल प्रथम भएकी छिन् । त्यसैगरी प्रतियोगितामा आवर विज्डम बोर्डिङ स्कुलकी सालिनी मिश्र द्वितीय, हिल्बर्ट बोर्डिङ स्कुलका सुशांक कार्की तृतीय र जनता मा.वि.का उज्ज्वल काफ्ले सान्तवना भएका छन् ।

प्रतियोगितामा वाणगंगा नगरपालिकाका विभिन्न विद्यालयका १२ जना विद्यार्थीहरु सहभागी भएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा नं. ७ का वडा अध्यक्ष विष्णु गिरीले यस्ता कार्यक्रमले कलिला बालबालिकाको भविष्य उज्ज्वल हुने बताउदै आयोजक लायन्स क्लब अफ कपिलवस्तुलाई धन्यवाद दिनुभयो ।

कार्यक्रमका लायन्स क्लब अफ कपिलवस्तुका प्रेसिडेन्ट अध्यक्ष कृष्ण के.सी.ले प्रत्येक व्यक्ति आफैमा प्रतिभावान हुने भएकाले आपूm भित्रको प्रतिभा प्रष्फुटन गराउन पछि पर्न नहुने भन्दै उक्त प्रतियोगितामा सहभागी सबैको चित्र केन्द्रमा पठाइने र उक्त चित्रहरु मध्ये उत्कृष्ट हुनेले इटलीमा हुने अन्तरराष्ट्रिय चित्रकला प्रतियोगितामा सहभागी हुन पाउने बताउनुभयो ।

लायन्स क्लब अफ कपिलवस्तुका प्रेसिडेन्ट के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा जगत रेग्मी र चन्द्रमाया श्रिसको मूल्याङ्कन, रमेश पौडेलको स्वागत मन्तव्य र सुरेन्द्र घिमिरेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रमका संयोजक सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ मंसिर २०७५ बिहिबार ००:००  २ : ५३ बजे