७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

डान्स आइडलको दोस्रो चरणको छनौट कार्य सकियो



मायादेवी अनलाइन, वाणगंगा ।

दशौं कपिलवस्तु महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको कपिलवस्तु डान्स आइडलको दोश्रो चरणको छनौट कार्य सम्पन्न भएको छ । चारनम्बरमा बुधबार सम्पन्न दोश्रो चरणको आठौं कपिलवस्तु डान्स आइडलको अडिसनमा कपिलवस्तु नगरपालिका तथा वाणगंगा नगरपालिकाका प्रतियोगीहरु सहभागी भएका थिए ।

अडिसनमा सहभागी अधिकांश प्रतियोगीहरुले स्थानीय कला सस्कृति र भेषभुषामा सजिएर आ आफनो प्रतिभा प्रस्तुत गरेका थिए । दोश्रो चरणको छनौट अन्तरगत आज भएको अडिसनमा १३ जना प्रतियोगी सहभागी थिए ।

अडिसनमा सहभागी भएका १३ जना मध्ये ८ जना पहिलो चरणको छनौटमा परेको कपिलवस्तु डान्स आइडलका संयोजक विरेन्द्र खाणले जानकारी दिनुभएको छ । पहिलो, दोश्रो र तेश्रो चरणको प्रारम्भिक छनौट पछि १५ गते अन्तिम चरणको छनौट गरिने आयोजकले जनाएको छ । डान्स आइडलका लागि प्रारम्भिक छनौटमा परेका सहभागीहरु मध्येबाट १५ देखि २० जना दर्शकहरुको बीचमा प्रतिस्पर्धामा उत्रनेछन् ।

आठौ कपिलवस्तु डान्स आइडलका लागि पहिलो, दोश्रो र तेश्रो चरणबाट प्रतियोगीहरुको छनौट गरिने आयोजकले जनाएको छ । छनौटमा उद्योग उपाध्यक्ष छविरेश्मी मगर, समाजसेवी विष्णु थापा र विरेन्द्र खाण निर्णायकको भूमिकामा रहनुभएको थियो । कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका कोषाध्यक्ष मोहन न्यौपाने, सचिव मनोज पौडेल, पत्रकार बाबुराम रायमाझी, सूर्य चुदाली लगाएतको सहभागीता रहेको थियो ।

आठौं कपिलवस्तु डान्स आइडलको विजेतालाई टिभिएस स्कुटी उपविजेतालाई १ लाख नगद पुरस्कार तथा तृतीयलाई ५० हजार र सान्तवनालाई २५ हजार प्रदान गरिने डान्स आइडल संयोजक खाणले बताउनुभयो । यसअघि पहिलो चरणको अडिसनमा ४५ जना सहभागी प्रतियोगी मध्ये २० जना छनौटमा परेको बताइएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७५ बिहिबार ००:००  २ : ५१ बजे