७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

राजाबाबु हत्या आरोपमा ७ जनामाथि मुद्धा दर्ता



कपिलवस्तु ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका ४ मोतिभारीका युवा नेता राजाबाबु चौधरीको हत्या आरोपमा ७ जना माथि कर्तव्य ज्यान मुद्धा दर्ता गरिएको छ ।

हत्या भएका युवा नेता चौधरीका परिवारबाट हत्या आरोपमा स्थानीय युवा अजित पाण्डेयसहित ७ जनामाथि किटानी जाहेरी दिएपछि मुद्धा चलेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताउनुभयो ।

हत्याका मुख्य आरोपी अजित पाण्डेय, उनका दुई भाइ र बाबुसहित ७ जना उपर कर्तव्य ज्यान मुद्धा परेको हो । घटनाको बारेमा अनुसन्धानका लागि प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।  पक्राउ परेका २ जनालाई जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको थुनामा राखिएको छ । हत्याको आरोप लागेका अन्य ५ जनाको भने खोजी भैरहेको प्रहरीले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टीमा केही समय अघि मात्रै प्रवेश गरेका युवा नेता चौधरीको गएको शुक्रबार गोली प्रहार गरी हत्या गरिएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७५ बिहिबार ००:००  २ : ४३ बजे