७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

वाणगंगाका दुई मेडिकलमा शिलबन्दी, स्वास्थ्य माथि गम्भिर खेलवाड गरेको ठहर



मोहन बेल्वासे, कोपवा ।
कपिलवस्तुमा अनुगमनको अभावमा स्वास्थ्य जस्तो विषयमा गम्भिर लार्परवाही समाचार मायादेवी अनलाइनमा प्रकाशन भएपछि बुधबार अनुगमन भएको छ । वाणगंगा नगरपालिका भित्र भैरहेको लापरबाहीको समाचार प्रभावले नगरको अनुगमन समितिले केही औषधि पसलको अनुगमन गरेको हो । नगरपालिकाको वडा नं ६ मा भएको अनुगमनमा भारतिय नागरिकद्धारा खोलिएको र प्रतिबन्धीत औषधी बेचविखन गर्ने दुई वटा औषधी पसल बन्द गरिएको छ ।
बाणगंगा नगरपालिकाका सामाजिक विकास समिति संयोजक भिष्मराज भुषालको नेतृत्वमा गएको अनुगमन टोलीले ति पसलहरुबाट नेपालमा विक्रि गर्न प्रतिबन्ध लगाईएका औषधी फेला पारेको र उनीहरुसंग मेडिकल खोल्ने अनुमतीका कुनै कागजात, प्रमाण नभएको भेटिएको छ । कानुन विपरित सञ्चालनमा आएका यी पसल बन्द गरिएको अनुगमन समितीले जनाएको छ ।
टोलीले वडा नं ५ र ६ मा संचालन भएका ५ वटा औषधी पसलमा अनुगमन गरेको हो । अनुगमन गरिएका अन्य मेडिकलहरुमा प्रतिबन्धित औषधी नभेटिए पनि विना दर्ता र नविकरण विना सञ्चालन भएको भेटिएको थियो । यी मेडिकललाई पनि एक हप्ताभित्र कानुनी दायरामा आउन समिले अल्टिमेटम दिएको छ ।
मानव जिवनमा गम्भिर असर पार्ने औषधी र दर्ता नभएका पसलहरु अन्य क्षेत्रमा समेत रहेको हुँदा अब निरन्तर अनुगमन हुने समितीले दाबी गरेको छ । टोलीमा वडा न्ां ६ का वडा अध्यक्ष सुकदेव थारु, वाणगंगा नगरपालिका स्वास्थ्य शाखाका संयोजक कृष्ण प्रसाद घिमिरे, सह संयोजक कमल ज्ञवाली, नेपाल पत्रकार महासँघ कपिलवस्तु शाखाका सह सचिव मोहन बेल्वासे, इलाका प्रहरी कार्यालय कोपवाका प्रहरी लगायतको उपस्थिती रहेको थियो ।
लामो समयपछी स्वास्थ्य क्षेत्रमा अनुगमन भएकोप्रति खुसी व्यतm गर्दै स्थानियले फे्रस हाउस र बधशालाहरु पनी खुल्ला रुपमा भएको हुदा त्यसको पनी अनुगमन हुनुपर्ने बताएका छन ।
यता टोलीका संयोजक भुसालले स्वास्थ्य जस्तो संवेदनशिल विषयमा समयमै सचेत गराई जनताको ज्यू धन सुरक्षित गर्न मिडियाले महत्वपुर्ण कदम चालेको भन्दै संचारकर्मी र संचारमाध्यमहरु प्रति धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७५ बिहिबार ००:००  २ : ३० बजे