७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

दुबईमा रहेका नेपालीले जुटाए मिर्गाैलापीडित बालिकालाई २ लाख



काठमाडौं ।

गुल्मी हुगाबाम पोखराकी मिर्गौलापीडित १३ वर्षीया बालिका बन्दना भण्डारीलाई २ लाख ८ हजार ५ सय आर्थिक सहायता प्रदान गरिएको छ ।

गुल्मी घर भई वैदेशिक रोजगारको सिलसिलामा दुबईमा रहेका खिम केसी र कुँवर लईटेलले जुटाएको आर्थिक सहायता मृर्गौला पीडित बालिका भण्डारीलाई आज काठमाडौंमा एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले हस्तान्तरण गर्नुभयो ।

दुवै मिर्गौला फेल भई काठमाडौंमा उपचार गराइरहेकी बालिका भण्डारीलाई प्रदान गरिएको सो सहायता रकम संकलनमा प्रदेश ५ को पत्रकार समाजले पनि संयोजन गरेको थियो ।

कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले जटिल रोगको उपचारमा सहजता ल्याउन सरकारले पनि ‘सर्वव्यापी स्वास्थ्य विमा’को व्यवस्था गरेको स्मरण गराउनुभयो ।

उहाले नागरिकहरूको अकालमा ज्यान नजाओस् भनेर सरकारले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य सेवा ऐनको समेत व्यवस्था गर्न लागिरहेको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ मंसिर २०७५ बुधबार ००:००  ९ : ०२ बजे