७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

बेपत्ता डिसीको शव चार दिनपछि भेटियो



दाङ ।
दाङको घोराही उपमहागरपालिका वडा नं १७ गुलरियामा बुधवार बिहान भेटिएको छ । गएको आइतबार दिउँसो साथीहरुसँग क्रिकेट खेल्न गएका १८ वर्षीय डिसी पौडि खेल्ने बेला तालमा डुबेर बेपता भएका थिए । घोराही १५ निवासी डिसीको शव बुधबार बिहान साढे ८ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
डिसीको खोजीका लागि चितवनबाट गोताखोरको टोली पनि दाङ आएको थियो । गोताखोरले पनि शव भेटाउन नसकेपछि पोखरीको पानी सुकाएर उनको शव निकालिएको हो । पानी सुकिसकेपछि उनको शब भेटिएको प्रहरीले बताएको छ ।
चिसोमा शरिर फुल्न नपाएकोले शव माथि आउन नसक्दा ढिलागरी फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ मंसिर २०७५ बुधबार ००:००  ८ : ३५ बजे