७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

चन्द्रौटा महोत्सवमा अपाङ्गता भएका व्यक्ति र विद्यार्थीलाई प्रवेश निशुल्क !



दिपक खड्का, चन्द्रौटा ।
चन्द्रौटामा जारी पाँचौ महोत्सवमा सबैको सहभागिता सुनिश्चताका लागि आयोजकले अपाङ्गता भएका व्यक्तिहरुलाई र महोत्सव सफल बनाउन झाँकी प्रदर्शन गर्ने विद्यालयका विद्यार्थीहरुलाई समेत निशुल्क प्रवेश गराउने मेला संयोजक महादेव पोखरेलले जानकारी दिनुभयो । अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्रको आधारमा र विद्यालयका विद्यार्र्थीहरुलाई विद्यालयको सिफारिस र डेस्र अनिवार्य रहेको आयोजकले जनाएको छ ।
मेला भित्र झुला, मोतका कुँवा र विभिन्न खेलमा २० रुपैयाँ बराबरको छुटको व्यवस्था रहेको छ । मेलामा अवलोकनका गर्न विद्यार्थी लागि स्थानीय स्तरमा उत्पादित कृषि, उद्योग, हस्तकला, जडीबुटिहरुको प्रदर्शनका स्टलहरु राखिएको र त्यसबारे जानकारी लिन सकिन्छ । मेलामा कपिलवस्तुको पश्चिममा रहेका धार्मीक र प्रर्यटकिय स्थलहरुको प्रचार प्रसारका लागि फोटो समेत प्रदर्शनीमा राखिएको छ । यसैगरी नेपालकै हाची युवतीलाई हेर्ने सकिने स्टल संयोजक नवराज न्यौपाने जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७५ बुधबार ००:००  ३ : २६ बजे