७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

रुघा लागेको छ यसो गर्नुस (सजिला १२ तरिका)



मायादेवी अनलाइन ।
वास्तवमै भन्ने हो भने रुघा ठूलो रोग होइन, सामान्य नियमहरूको पालना गरेमा यो आफैं ठीक हुन्छ । तर रुघा लाग्दा जथाभावी गरेमा त्यसबाट ठूलो समस्या आइपर्छ । रुघालाग्दा जथाभावी खाएमा रुघा बिग्रन्छ र पिनास हुने (पीप जम्ने), मासु बढ्ने, एलर्जी हुने, घाँटी सम्बन्धी रोग लाग्ने, आँखा दुख्ने, टाउको असैह्य गरी दुख्ने जस्ता समस्याहरू हुने गर्दछन । रुघा लाग्दा जोडले सिंगान फ्याँक्ने गरेमा त्यसबाट कानको जाली फुट्ने पनि हुन्छ ।
रुघामा घाँटीदेखि कानसम्म पुग्ने नलीसम्म भाइरसको संक्रमण फैलिएमा मध्यकान पनि संक्रमित हुन पुग्छ । फलस्वरूप कान पाक्ने दुख्नेलगायत जाली बिग्रिने, कान नसुन्नेजस्ता समस्या हुन्छ । रुघा बिग्रिएकै कारण कडा पिनास र कान पाक्ने भएर मस्तिष्कमा समेत असर परी नराम्रो रोग हुनेलगायत रुघाबाट खोकी सुरु भई ब्रोङकाइटिस दम तथा छातीको संक्रमण एवम् एलर्जीजस्ता समस्याहरू पनि आइ पर्न सक्छन् । यसरी रुघाले अनेक समस्या ल्याउन सक्ने भएकोले रुघाप्रति लापरबाही कहिल्यै गर्नु हुँदैन ।

रुघा लाग्दा यसो नगर्नुहोस्

१। रुघा लागेमा चिसोले मुख धुने, नुहाउने र चिसो छुने काम नगर्नुस् । शारीरिक व्यायाम, बढी दौडधुप नगर्नुहोस् ।
२। गम्म परेको वा बढी हावा चल्ने ठाउँमा नबस्नुस् । धूलो र धुँवाबाट बच्नुस्, खार (पकाएको धुँवा) आएको ठाउँमा नजानुस् । चिसोमा नहिँडनुस् । यदि हिँड्नै परेमा न्यानो लुगा लगाउने, कान, घाँटी छोप्ने र नाक एवं मुख छोप्ने गरी मास्क लगाउने गर्नुस् ।
३। रुघामा ज्वरो पनि आएको छ भने त पूर्णरूपले आराम गर्नुस् तर सिरक ओढ्ने नगर्नुस् ।
४। रुघा लाग्नासाथ दिनको तीन÷चार पटक तातो पानीले बाफ नाक र मुखबाट पालैसँग पाँचदेखि सात मिनेटसम्म लिनुस् ।
५। नाक बन्द छ भने नुनपानी मनतातो गरी नाकमा ५, ६ थोपाको दरले राख्नुस् । यदि यसले खुलेन भने षडविन्दु (आयुर्वेदिक) तेल वा अन्य नोजल ड्रप नाक खुलाउने औषधि प्रयोग गर्नुस् । तर नोजल ड्रपको प्रयोग लगातार र सकेसम्म गर्नु हुँदैन । बढी उकुसमुकुस भएर सुत्न बस्न गाह्रो भएमा मात्र नाकमा दुई, तीन थोपा प्रयोग गर्दा केही फरक पर्दैन ।
६। बाफ लिइसकेपछि ९यदि ज्वरो छैन भने- नाक, घाँटी, छाती र ढाडमा तातोले १५, २० मिनेटसम्म सेक्नुस् । यसरी सेक्दा मेन्थोलयुक्त लेपनहरू ९जस्तै मिक्स, बाम, स्विचो आदि बाह्यरूपले छाती, घाँटी र ढाडमा दल्न सकिन्छ ।
७। बिहानबेलुका दुई पटक तातोपानीमा खुट्टा घुँडाभन्दा मुनिसम्म डुवाएर पटकपटक तातो पानी थप्दै १५ देखि ३० मिनेटसम्म बस्नुस् ।
८। यदि ज्वरो आएको छ भने वाफ लिने, आराम गर्ने र बढी ज्वरोमा पेटमा मात्र चिसो पट्टी राख्नुस् ।
९। रुघा लागेको बेला एनिमाको प्रयोग गरी पेट सफा गर्ने र उपवास गर्ने हो भने पनि फाइदा हुन्छ ।
१०। रुघा लाग्दा बेस्सरी सीँसीँ गरेर सिंगान फ्याक्ने, नाक कोट्याइरहने, नाकभित्र औंला छिराउने र बढी सिंगान पुछिरहने नगर्नुस् ।
११। तोरीको तेलमा ५।७ केस्रा लसुन काटेर फुराउने र कालो पार्ने, सेलाएपछि उक्त तेल (लसुन होइन) नाकमा ५।६ थोपा दिनको तीन, चार पटक हाल्ने एवम् छाती, ढाड, निधार र घाँटीमा पनि दल्ने गर्नुस् । बच्चाहरूलाई रुघा लाग्नासाथ यही प्रक्रिया अपनाउनुस्, तुरुन्तै फाइदा हुनेछ ।
१२। रुघा लाग्दा अन्य अनेकौं प्राकृतिक उपचार विधिहरू जस्तै नाक सफा गर्ने, स्टिम बाथ लिने, विभिन्न अक्युप्रेसर–मसाज तथा अन्य प्राकृतिक औषधिहरूको समेत प्रयोग गर्न सकिन्छ ।
डा. विनिता शाह

प्रकाशित मिति : १२ मंसिर २०७५ बुधबार ००:००  ३ : २१ बजे