विष्णु खत्री, सैनामैना ।
नेपाल आईडल सिजन २ मा प्रतिस्पर्धा गरिरहेका प्रदेश नं ५ का एक मात्र प्रतिस्पर्धी अमित बराललाई जिताउन रुपन्देहीमा ‘अमित बराल जिताऔ अभियान सुरु’ भएको छ ।
एपीवान टेलिभिजनबाट प्रसारण हुने नेपाल आईडल सिजन २ का प्रतिस्पर्धी बरालको ‘भोटिङ’ प्रचार प्रसार सँगै सहयोग जुटाउनका लागि सैनामैनाका विभिन्न संघ संस्थाको आयोजनामा मंगलबार देखी अमित बराल जिताऔ अभियान सुरु भएको हो ।
बराल जिताऔ अभियान कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले अमित सैनामैनाको मात्र नभई राष्ट्रकै एक गहना भएको बताउनुभयो । उत्कृष्ट ६ मा पर्न सफल अमितको कला र प्रतिभाको उच्च सम्मान गर्दै सबैले भोट गरी सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कार्कीले नगरपालिकाले अमितलाई जिताउन सहयोग गरेको बताउँदै अमितको पुर्ण सफलताको कामना गर्नुभयो ।
कार्यक्रममा रिजन चेयरपर्सन तथा लायन्स क्लव अफ सैनामैनाका संस्थापक अध्यक्ष तिलब के.सीले अमितलाई नेपाल आईडल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । बरालको सहयोगार्थ स्वरुप सबैले आ आफ्नो क्षेत्रबाट भोटिङ र प्रचार प्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।
१२ मंसिर २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया