८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

लेखापालविरुद्ध अख्तियारद्धारा भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरका लेखापाल गुणराज दाहालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको दावीसहित अख्तियारले विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
सम्झौता अनुसारको काम सकेर बिल पेश गरी भुक्तानी माग्दा लेखापाल दाहालले २५ हजार रुपैयाँ घुस लिएको अख्तियारले दावी गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७५ मंगलबार ००:००  १० : ५५ बजे