काठमाडौं । कात्तिक १६ गतेबाट नेपालभर प्रदर्शनमा आएको चलचित्र हो ‘चङ्गा चेट’ । चलचित्रले नेपालमा सफल व्यापार गरिरहेको छ ।नेपालको सफल व्यापारसँगै विदेशमा पनि प्रदर्शन सुरु गरिसकेको चलचित्रका निर्माता माधव वाग्लेले बताए । यतिबेला चलचित्र साउथ कोरियामा प्रदर्शन भैरहेको छ । अन्य केही देशहरुमा पनि चलचित्र प्रदर्शनको तयारी भइरहेको बताइएको छ ।
कमेडी विधामा निर्माण गरिएको चलचित्रलाई विदेशमा रहेका नेपालीहरुले पनि रुचाइरहेका छन् । चलचित्रमा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीतले पनि चलचित्रलाई थप बलियो बनाएको निर्देशक दीपेन्द्र के खनालको बुझाई छ । चलचित्र ‘चङ्गा चेट’माधव वाग्ले र शर्मिला पाण्डेले चलचित्रको निर्माण गरेका हुन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ भने निरक कँडेलको छायांकन छ । चलचित्रको सम्पादन दीर्घ खड्काले गरेका हुन् ।
चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । आयुष्मान देशराज जोशी, प्रियंका कार्की, परमिता आरएल राणा, रवीन्द्र झा, सुरक्षा पन्त, सन्दीप क्षेत्री र शिशिर वाङ्देलको प्रमुख भूमिका रहेको छ भने निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्माको पनि विशेष भूमिका रहेको बताइएको छ ।
प्रतिक्रिया