८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

त्रि चन्द्र क्याम्पसमा तालाबन्दी



काठमाडौं । काठमाडौंको त्रि चन्द्र क्याम्पसमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन्। स्नातकोत्तर तह पहिलो वर्ष अन्तर्गत दोस्रो शत्रका रसायनशास्त्र विभागका विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका हुन्। दोस्रो शत्रका लागि तोकिएको भर्ना शुल्क धेरै भएको भन्दै विद्यार्थीहरुले विरोधस्वरुप तालाबन्दी गरेका हुन्। क्याम्पस प्रशासनलाई भर्ना शुल्क पुनर्विचार गर्नका लागि निवेदन दिएको तर प्रशासनले आफूहरुका मागमा कुनै पनि चासो नदिएकोले बाध्य भएर तालाबन्दी गरिएको विद्यार्थी गणेश भण्डारीले बताउनुभयो। केन्द्रीय विभाग किर्तिपूरभन्दा पनि बढी शुल्क त्रिचन्द्रले तोकेको भन्दै विद्यार्थीहरुले विरोध गरेका हुन्। कम्तीमा केन्द्रीय विभागले पढाउने शुल्कमै पढाउनुपर्ने विद्यार्थीहरूले माग गरेका छन्। विद्यार्थीहरुले क्याम्पस प्रशासन र रसायशास्त्र विभागमा तालाबन्दी गरेका हुन्।

प्रकाशित मिति : ११ मंसिर २०७५ मंगलबार ००:००  १० : ४३ बजे