१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

हरियो खुर्सानीका ७ फाइदा



एजेन्सी ।
पीरो मन पराउनेका लागि हरियो खुर्सानी बिनाको खाना मीठै लाग्दैन । धेरैले खुर्सानी स्वादका लागि खाने गरेका छन् । तर, खुर्सानीमा लाभकारी गुण भएको कमैलाई जानकारी होला ।
हरियो खुर्सानीमा भिटामिन सी पर्याप्त मात्रामा हुन्छ । भिटामिन सीले अरु भिटामिनलाई शरीरमा राम्ररी पचाउन सघाउँछ ।
यो एन्टी–अक्सिीडेन्टका राम्रो माध्यम हो ।
हरियो खुर्सानीमा डाइट्री फाइबर्स प्रचुर मात्रामा हुन्छ । जसले पाचन क्रिया सुचारु गर्न मद्दत पुर्याउँछ ।
भिटामिन ए भरपूर भएको हरियो खुर्सानीले आँखा तेजिलो र छाला चम्किलो बनाउँछ ।
कति अध्ययनले हरियो खुर्सानीले ब्लड सुगर कम गर्ने पत्ता लगाएका छन् ।
हरियो खुर्सानीमा क्याप्साइसिन नामक एक तत्व पाइन्छ जो प्रोस्ट्रेट क्यान्सरबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ ।
यसमा रहेको तत्वले छाला सफा बनिरहन्छ । डन्डीफोर आउन दिँदैन ।
-पेटको समस्या छ भने चिकित्सकको सल्लाहमा मात्र खुर्सानी खानु होला ।

प्रकाशित मिति : ११ मंसिर २०७५ मंगलबार ००:००  ३ : १८ बजे