मायादेवी अनलाइन, वाणगंगा ।
मनकामना सामुदायिक बन उपभोक्ता समितिको अध्यक्षमा अमित पौडेल विजयी हुनुभएको छ । गएराती १ बजे सकिएको मतगणनामा पौडेल अध्यक्षमा निर्वाचित हुनुभएको हो । निवर्तमान अध्यक्ष समेत रहनुभएका पौडेल ४ सय मतका साथ विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै पदाधिकारी सहित अन्य सदस्य पदमा पनि पौडेलकै प्यानलले जीत हासिल गरेको छ । समितिको उपाध्यक्षमा पुस्कर घिमिरे, सचिवमा गंगा भट्टराई, सहसचिवमा लक्ष्मी थारु, कोषाध्यक्षमा जयलाल भण्डारी र अन्य सदस्यहरुमा विजयी हुनुभएको बताइएको छ ।
उहाहरु नेकपाका आधिकारीक उम्मेदवार हुनुहुन्थ्यो । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. २ नन्दनगरमा अवस्थित समितिको हिजो निर्वाचन भएको हो । विहान सवा नौ बजे देखि भएको निर्वाचन दिउसो सवा २ बजे सम्म चलेको निर्वाचन समितिले जनाएको छ ।
बन उपभोक्ता समितिको अध्यक्षमा ५ जनाको प्रतिस्पर्धा रहेको थियो । जसमा निवर्तमान अध्यक्ष अमित पौडेल, चुरामणी अर्याल, कमल घिमिरे, भुवनेश्वर न्यौपाने र मुक्तीराम न्यौपाने अध्यक्ष पदको लागि चुनावी मैदानमा हुनुहुन्थ्यो । जसमा चार जनालाई पछि पार्दै पौडेल अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
अर्याल नेपाली कांग्रेसका आधिकारीक उम्मेदवार हुनुहन्थ्यो भने अरु तीन जना स्वतन्त्र रुपमा चुनाव लड्नुभएको हो । पदाधिकारी सहित १५ सदस्यिय पदका लागि ४९ जनाको उम्मेदवारी परेको थियो । कुल ११ सय ३२ मतदाता रहे पनि ८ सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ । बनको दोस्रो अधिवेशनमा मतदान भएको हो ।
१० मंसिर २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया