८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

‘मिस एण्ड मिस्टर टिन’ कपिलवस्तुको उपाधि अविरल र ऐश्वर्यालाई



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।

कपिलवस्तुमा पहिलो पटक आयोजना भएको ‘मिस एण्ड मिस्टर टिन’ कपिलवस्तुको उपाधि अविरल अधिकारी र ऐश्वर्या पौडेलले जितेका छन् । कपिलवस्तुको होराइजन आवासिय उच्च माविमा  अध्ययनरत अधिकारीले फाइनलमा ४ जना प्रतिस्पर्धिलाई पछि पार्दै उपाधि जितेका हुने भने पौडेलले ८ जना प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिन सफल भएकी हुन् । पौडेल पारिजात बोर्डिङ स्कुलमा अध्ययनरत छिन् ।

भ्यूअर च्वाइस अवार्ड,फोटो जेनिक अवार्ड समेत हात पारेका अविरल अधिकारीले फाइनल प्रश्नबाट निर्णयक र दर्शकको मन जितेका थिए । नेपालको शैक्षिक जनशक्ति अध्ययनको लागि बाहिरिनुका मुख्य कारण कारण के हो ? भन्ने निर्णायकको प्रश्नमा अधिकारीले नेपालमा शैक्षिक बेरोगारी व्याप्त रहनु, उचित अवसर र  गुणस्तरीय शिक्षाको अभाव भन्दै सबैको मन जितेका थिए । अबिरल उद्योग बाणिज्य संघ कपिलवस्तुका महासचिव लक्ष्मण अधिकारी र अञ्जु अधिकारीका सुपुत्र पनि हुन्  ।

प्रतियोगितामा छात्रातर्फ नेहा क्षेत्री फस्ट रनर हुन सफल भइन् भने फस्ट रनर अप  रिसव केसी हुन सफल भए । त्यस्तै अनरुप सिंह र विनिता गुरुङ सेकेण्ड रनरअप घोषणा भए ।

कोरियाग्राफी च्वाइस अवार्ड  विकास भट्टराईले पाए भने आयोजक च्वाइस अवार्ड विनिता परियार र यसराज सुनुवारले हात पारेको आयोजक संस्था ए एण्ड एका  अनमोल सिंहले बताउनु भयो । फाइनल प्रतिस्पर्धामा वरिष्ठ कोरियोग्राफर रेशम न्यौपाने, मिस लुम्बिनी  मेनका खनाल तथा मोडल जोसनमान गौचन निर्णायकको भूमिकामा रहनु भएको थियो ।

फाइनल प्रतिस्पर्धाको सम्पूर्ण कोरियोग्राफी मोडल तथा कोरियाग्राफर अस्मिता भट्टराइले गर्नु भएको थियो भने सहायक कोरियोग्राफरको रुपमा रुपेश नेपाली रहनु भएको थियो । रिना श्रेष्ठको मेक अपमा सम्पन्न कार्यक्रममा ड्रेस डिजाइनरको रुपमा नेभारा बुटिक बुटवल रहेको थियो ।

Image may contain: 4 people, people standing

फाइनल पूर्व भएको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर ५ का सदस्य विष्ण्नु पन्थीले पछिल्लो समय जिल्ला भइरहेका सुन्दर तथा सुन्दरी प्रतियोगिताले व्यक्तित्व विकासमा टेवा पुर्याएको बताउनु भयो । मर्यादित र अनुशाषित रुपमा यस्ता प्रतियोगिताले छात्रछात्राको प्रतिभा प्रस्फुटन गराउन महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बाणगंगाा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष विष्णु गिरी, वडा नम्बर ५ का अध्यक्ष भीष्मराज भूषाल लगायत रहनु भएको थियो । यस्तै कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, महासचिव लक्ष्मण अधिकारी, दशौँ कपिलवस्तु महोत्सवका निर्देशक रुक बहादुर भूषाल, रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपाने लगायतको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । सिद्धार्थ क्याम्पस बुङचीमा सम्पन्न कार्यक्रममा पन्ध्र सय बढीको सहभागिता रहेको थियो ।

Image may contain: 7 people, including Chandra Kanta Neupane, people smiling, people sitting and people standing

संस्थाका अध्यक्ष अनमोल सिंहको अध्यक्षता, संचारकर्मी सुमन श्रेष्ठको सञ्चालनमा सम्पन्न प्रतियोगितामा मिडिया पार्टनरको रुपमा रेडियो मायादेवी, नमस्ते नेपाल टेलिभिजन मिडिया रहेका थिए ।

प्छिल्लो समय कपिलवस्तुमा सुन्दरी प्रतियोगिताहरु सञ्चालन गर्ने होडबाजी नै चलेको छ । केही समयअघि पहिलो मिस्ट र एण्ड मिस कपिलवस्तु भए पछि मिस ग्ल्यामर कपिलवस्तु, मिस एण्ड मिस्टर टिन कपिलवस्तु सम्पन्न भइसकेका छन् भने लगत्तै फेस अफ कपिलवस्तु पनि संचालन हुँदै छ ।

कार्यक्रम हुनु राम्रो भए पनि यसलाई व्यवस्थि  र मर्यादित बनाउन नसके यसले समाजमा नकारात्मक सन्देश फैलाउने एकाथरीको भनाई छ भने आधुनिक युगमा जिल्लालाई थप स्मार्ट र डिजिटल बनाउन यस्ता कार्यक्रम आवश्यक भएको अर्को थरीको भनाई छ । यस्तै एकाथरीले व्यापारिक शैलीमा यस्ता कार्यक्रमले प्रवेश पाएको भन्दै विरोध पनि गरेका छन् ।

Image may contain: 6 people, people standing

प्रकाशित मिति : १० मंसिर २०७५ सोमबार ००:००  २ : ४१ बजे