जनकपुरधाम ।
महोत्तरी जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा एक बालक सहित दुई जनाको मृत्यु भएको छ । महोत्तरीको औरही नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने महोत्तरीकै गौशाला नगरपालिकामा भएको अर्को सडक दुर्घटनामा एक बालकको मृत्यु भएको हो ।
मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा औरही नगरपालिका वडा नं. १ घर भएकी ओमकला देवी चौधरी र ट्रयाक्टर दुर्घटनामा परी मृत्यु हुनेमा गौशाला नगरपालिका वडा नं. २ का ३ वर्षीय बालक लालु मण्डल रहेका छन् ।
आइतबार साँझ बर्दिवासबाट जलेश्वरतर्फ आइरहेका ना २३ प ९३६६ नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ४ प ८५७१ नम्बरको मोटरसाइकल एक आपसमा रामगोपालपुर वडा नं. ७ को टिकुलियामा ठक्कर लागि महिला चौधरीको मृत्यु भएको थियो ।
यसैगरी गौशाला नगरपालिका वडा नं. २ को निगौल स्थित सडकमा ज १ त ३४९१ नं. को ट्रयाक्टरले सडकमा खेलिरहेका बालक मण्डललाई ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
१० मंसिर २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया