८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

वाणगंगामा एक महिने निशुल्क एड्भान्स बुटिक तालिम सुरु



दीपा महत, कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका २ मा एक महिने निशुल्क एड्भान्स बुटिक तालिमको उद्घाटन गरिएको छ । महिलाहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउन उक्त तालिम सुरु गरिएको हो ।
महिला लक्षित कार्यक्रम अन्तर्रगत वाणगंगा नगरपालिका वडा नम्बर २ को कार्यलयको आयोजनामा सुरु भएको तालिमको उद्घाटन गर्दै नरपालिकाका उपमेयर चक्र अर्यालले आफुले सिकेको सिपलाई ब्यवहारमा उतार्नुपर्ने बताउनुभयो ।
कुनै पनि तालिम लिनु मात्र ठुलो कुरा नभएको भन्दै उपप्रमुख अर्यालले सिकेको सिपलाई ब्यवहारमा उतारेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । नगरपालिकाले महिलाको ब्यक्तित्वका साथै उनीहरुलाई विभिन्न व्यवसायमा आत्मनिर्भर बनाउन यस प्रहारका विभिन्न तालिमहरु संचालन गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष विष्णु पौडेलले गत वर्षपनि वडाले निशुल्क बुटिक तालिम संचालन गरेको भन्दै गत वर्ष सिकेको सिपलाई थप निखार्नको लागि एडभान्स तालिम संचालन गरेको बताउनुभयो । तालिमबाट सिकेको कुरा ब्यवहारमा उतार्नुपर्ने भन्दै अध्यक्ष पौडेलले ब्यवसायी बन्न आग्रह गर्नभयो ।
उद्घाटन कार्यक्रम महिला वडा सदस्य, वडा सदस्य सुवास टण्डनको स्वागत मन्तब्य र वडा सचिव नरेन्द्र प्रसाद पोख्रेलको संचालनमा सम्पन्न भएको हो । तालिममा २५ जना प्रशिक्षर्थी सहभागि छन् ।
बुटिक तालिम प्रशिक्षक सुनिता थारुले दिनुहुने छ भने निशुल्क रुपमा तालिम लिन पाउदा प्रशिक्षार्थीहरु निकै खुसी भएका छन् । उनीहरुले तालिम पछि आफु आत्मनिर्भर बन्ने बताएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७५ सोमबार ००:००  १ : १२ बजे