८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नेपाल मगर संघ वाणगंगा नगर समितीको अध्यक्षमा सिंजाली



दीपा महत, कपिलवस्तु ।
नेपाल मगर संघ वाणगंगा नगर समितीको अध्यक्षमा पिताम्बर सिंजाली निर्वाचित हुनुभएको छ । बोडगाउँमा सम्पन्न दोस्रो अधिवेशनले सिंजालीको अध्यक्षतामा १५ सदस्यीय नगर समिती गठन गरेको हो । समितीको उपाध्यक्षमा दिलिप घर्ती मगर, सचिवमा मुक्त बहादुर पुलामी मगर, सहसचिवमा रुक बहादुर गाहा, कोषाध्यक्षमा याम कुमारी गाहा रहनुभएको छ ।
समितीको सदस्यहरुमा लिला थापा, कृष्ण काउछा, तुल्सा रास्कोटी, खुम बहादुर रास्कोटी, टेक बहादुर झेडी, खम बहादुर राना, चुरामणि रेश्मी र अन्य ३ जना पछि थप्ने गरी समिती गठन गरिएको कुल बहादुर सोमैले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल मगर संघ केन्द्रिय भाषिक उपाध्यक्ष दल बहादुर विरकट्टा मगरले मगर भाष लोप भएमा सम्पूर्ण मगर जातिको अस्तित्व नै लोप हुने भन्दै यसको संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाले राज्यबाट भएको भाषिक विविधताको अन्तय गर्नुपर्ने माग गर्नुभयो ।
यस्तै विशिष्ट अतिथी नेपाल मगर संघ केन्द्रिय सदस्य एव्म प्रदेश ५ का संयोजक डिवि पुन मगरले मगर संघ प्रदेश स्तरीय समितीको गठन, काम कर्तब्य र अधिकारको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा नेपाल मगर संघ जिल्ला अध्यक्ष लक्ष्मी सारु मगर, सल्लाहकार चोपलाल राउल मगर लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम नेपाल मगर संघ वाणगंगा नगर समिती उपाध्यक्ष दिलिप घर्ती मगरको अध्क्षता, नेपाल मगर संघ वाणगंगा नगर समिती सचिव मुक्त बहादुर पुलामीको स्वागत मन्तब्य र नेपाल मगर संघ वाणगंगा नगर समिती सचिव पिताम्बर सिंजालीको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : १० मंसिर २०७५ सोमबार ००:००  १ : ०५ बजे