८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

न्युन विद्यार्थी भएका विद्यालय मर्ज गर्नुको विकल्प छैन् : सांसद पन्थी



मोहन बेल्वासे, कपिलवस्तु ।
सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न न्युन विद्यार्थी भएका विद्यालयहरु मर्ज गर्नुपर्नेमा प्रदेश सांसद विष्णु पन्थीले जोड दिनुभएको छ ।
महेन्द्र माध्यमिक विद्यालय कोपवाको ५९ औ वार्षिकोत्सव तथा अभिभावक भेलालाई संवोधन गर्दै सांसद पन्थीले विद्यालयहरुले स साना अनुदानको भरमा विना योजना विद्यालयका संरचनाहरु निर्माण गर्दा दीर्घकालिन नहुने भन्दै एउटै योजनाबाट धेरै फाईदा हुने खालका संरचनामा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि वडा नं ५ का वडा अध्यक्ष भिष्मराज भुषालले स्थानिय तहहरु सामुदायिक विद्यालयहरुको साधन स्रोत संपन्न बनाउन योजनाबद्ध भएर लाग्ने भन्दै विद्यालयको गुणस्तर वृद्धि गर्न शिक्षकहरु नै जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्राचार्य कामता प्रसाद चौधरीले आर्थिक वर्ष ०७५÷ ०७६ को कुल १ करोड २४ लाख ५६ हजार ६ सय ५१ बराबरको आय व्याय विवरण सहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
वार्षिकोत्सवमा विद्यालयको स्वर्ण महोत्सवको अवसरमा स्थापना भएको अक्षय कोषदाताहरुद्धारा विभिन्न विदाका विधार्थीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पुर्व विद्यालय व्यवस्थापन समिती अध्यक्ष दधिराम आचार्य, वागेश्वरी सामुदायिक वनका अध्यक्ष कल्लु थारु, माउण्ट एभरेष्ट वचत तथा क्रण सहकारीका अध्यक्ष युवराज पोख्रेल लगाएतले शुभकामना मन्तव्य व्यतm गर्नुभएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चिरन्जीवि गिरीको अध्यक्षता शिक्षक वासुदेव अर्यालको स्वागत मन्तव्य र सहायक प्रध्यानध्यापक तनुश्री भण्डारीको कार्यक्रममा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७५ सोमबार ००:००  १२ : ४२ बजे