८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

विवेकशील साझाको सम्पर्क कार्यालय उद्घाटन



मायादेवी अनलाइन, वाणगंगा ।
विवेकशिल साझा दलले कपिलवस्तुको लागि ४ नम्बर जितपुरमा सम्पर्क कार्यालय स्थापना गरेको छ । शनिबार दिउँसो एक कार्यक्रमको आयोजना गरी रविन्द्र मिश्र संयोजक रहेको विवेकशील साझाले सम्पर्क कार्यालयको स्थापना गरेको हो । संगठन निर्माणको केन्द्रिय योजना अनुससार कपिलवस्तुमा पछिल्लो समय देशव्यापी रुपमा पार्टी विस्तारमा लागेको विवेकशील साझाले कपिलवस्तुमा पनि शाखा विस्तार गरेको अभियान्ता संस्थापक सदस्य तथा अभियान्ता कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
कार्यक्रममा चर्चित पत्रकार तथा पार्टीका संस्थापक सदस्य सुदन ज्ञवाली, गणेश पन्थी, विष्णु प्रसाद मिश्र, गोपाल घिमिरे र अर्जुन गिरी लगायत उपस्थित रहेको पराजुलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ मंसिर २०७५ आइतबार ००:००  ३ : ५४ बजे