८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तुमा पहिलो पटक आयोजना भएको भजन कन्सर्टमा हजारौँको भीँड



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
जिल्लामा पहिलोपटक बाणगंगाा जितपुरमा आयोजना भएको भजन कन्सर्टमा रमाउनेहरुको दिनप्रतिदिन भीँड बढीरहेको छ । मंसिर ३ गतेबाट सुरु भएको कन्सर्टको पाँचौ दिनसम्म आइपुग्दा करिब ३० हजार बढी महानुभावले भजन कन्सर्टको आनन्द लिइरहेको आयोजक जितपुर टोल विकास समितिले जनाएको छ । म्युजिक थेरापीको माध्यमबाट मानिसलाई तनावमुक्त गरी आनन्द दिने उदेश्यले आयोजना भएको भजन कन्सर्टमा रातको समयमा युवायुवतीको विशेष भीँड्ने लाग्ने गरेको छ । जितपुरको बगलामुखी मन्दिरमा हरेक दिन साँझ ७ बजेदेखि राति १० बजेसम्म भजन कन्सर्टमा चिसो मौसमको पनि प्रवहा नगरी बालबालिका र वृद्धवृद्धाहरुको पनि बाक्लो उपस्थिति छ ।
स्लो मोसनमा भक्तालुलाई लठ्याउदै सुरु हुने भजन कन्सर्ट अन्तिममा पुग्दा निकै फास्ट ट्रयाकमा पुग्द छ । जसको रसमा असिनापसना हुने गरी मुग्ध भएर सबै नाच्न बाध्य हुन्छन् । नेपाल तथा भारतका बिभिन्न कलाकारहरुले बेञ्जो, तबला, मादल, हार्मोनियम, अक्टो प्याड सहितका बिभिन्न बाद्यबादनका साधनको माध्यमबाट गरिएको संगित सिर्जनाले हरेक दिन उपस्थित दर्शकलाई जुरुक्क उठाउँदा नृत्य नजानेकाले पनि भजनको तालमा मरक्क कम्मर मर्काउन बाध्य हुन्छन् । भजन कन्सर्टमा नेपालका बिभिन्न भागमा प्रचलित भजनका भाकाहरु निकै कलात्मक र लयात्मक रुपमा प्रस्तुत भइरहेका छन् भने शाष्त्रिय भजनलाई पनि कलाकारहरुले प्रस्तुत गरिरहेका छन् ।

भागवत कथा सुन्नेको पनि भीँड


लागु पदार्थ दुव्र्यसनविरुद्ध जनचेतना जगाउने उदेश्यले मंसिर ३ गतेबाट आयोजना भएको विशाल भागवत तथा आनन्द उत्सवमा दिउसोको समयमा भागवत कथा सुन्नेको पनि दिनप्रतिदिन भीँड लागेको छ । १० गतेसम्म हुने आनन्द उत्सवको उत्त्रार्धसम्म आइपुग्दा ३० हजार बढीले कथाको माध्यमबाट आनन्द लिइरहेका छन् । अन्र्राराष्ट्रिय ख्यातीप्राप्त बाणी भाष्कराज ब्यासाचार्य भुवन गुरुले कथामा पुराण,वेद र अन्य भगवानका कथालाई विज्ञान र व्यावहारसंग संग जोडेर प्रस्तुत गर्दा प्रभावकारी र अरुभन्दा फरक भएको कथा श्रवण गर्न हरेक दिन कार्यक्रम स्थल पुग्नु भएका बाणगंगाा ४ झुँगाका खिामानन्द शर्माले बताउनुभयो । उहाँले भन्नुभयो– “भुवन गुरुका कथामा केवल भगवानको वर्णन र अपत्यारिलाप्रसंगको कुरा मात्र छैनन् । ती कथालाई गुरुले दैनिक जीवन, विज्ञान र व्यावहार संग जोडेर भन्दा कार्यक्रमले सबैको मन जितेको छ ।”


कथासंगै जन्म दिन मनाउने वैज्ञानिक तरिका, विद्यार्थी, शिक्षक र अभिभावकलाई उपयोगी हुने खाले बिभिन्न नैतिक दर्शनका कुराहरुसंगै लागु पदार्थ दुव्र्यसनबाट कसरी मुक्त हुन सकिन्छ टाढा हुने, फसिसकेपछि कसरी मुक्ती पाउने लगायतका बिषयमा पनि दैनिक अमृतमय प्रवचन को माध्यमबाट भइरहेको छ ।
बाणगंगाा नगरपालिकाको संरक्षकत्व, जितपुर टोल विकास समितिको आयोजना, मनकामना संस्कृत विद्यापीठ गुरुकुलम् नन्दनगरको सहआयोजना तथा बाणगंगा स्पोर्टस एण्ड वेलफेयर सोसाइटी जितपुर र राजेश आस्था फाउण्डेसनको सहकार्यमा भएको आनन्द उत्सवमा दैनिक सहयोग गर्नेहरुको पनि सख्या पनि बढीरहेको छ । आर्थिक श्रोत जुटाउने उदेश्य नभए पनि कार्यक्रमबाट प्रभावित भएर बिभिन्न व्यक्तिहरुले उत्साहपूर्ण आर्थिक सहयोग गर्दै आउनु भएको छ । भने जिन्सी सामानहरु धान, चामल, चिनी, सुजी, दूध, तेल आदि पनि सहयोगको रुपमा आइरहेका छन् ।

दुव्र्यसनीकर्ताको जीवन फेरियो


मुख्य रुपमा लागु पदार्थ दुव्र्यसनकर्तालाई सामान्य जीवनमा फर्काउन आयोजनजा भएको भागवत कथाबाट अहिले लागु पदार्थ दुव्र्यसनीमा फसेका युवाको जीवनमा परिवर्तन आएको छ । राजेश आस्था फाउण्डेसन बाणगंगाा २ बैरियामा रहेका १४ जनामध्ये ५ जनाको जीवन फेरिएको छ । उनीहरुले कार्यक्रममा नै आफूहरुले अब घरमै बसेर साधारण जीवन यापन गर्न सक्ने बताएका छन् । टाउको मुण्डन गरी आनन्द उत्सवमा सहभागी भएका दुव्र्यसनीकर्ताले त्यहाँ बाचन गरिने कथा एकाग्र भएर ध्यान दिएर सुन्ने गरेका छन् । नाच्ने गरेका छन् । भजन गाउने गरेका छन् । मानिसहरुसंगै सामान्य भएर कुराकानी गर्ने गरेका छन् । आफूहरुले अब नयाँ जीवन पाएको भनेर खुसी पनि व्यक्त गरेका छन् । आनन्द उत्सवपछि अब उनीहरुले घर गएर आमाबुबासंग सामान्य जीवन विताउने र काम गर्ने पनि उनीहरुले बताएका छन् ।
यो कार्यले यस क्षेत्रमा मात्र नभएर मुलुकमै नयाँ सन्देश दिएको कपिलवस्तु उद्योग बाणिज्य महासंघका अध्यक्ष उमानाथ पौडेलले बताउनु भयो । उहाँले अन्य स्थानमा ब्यापारिक शैलीमा यस्ता भागवतका कथा हुने गरे पनि जितपुरमा भएको कार्यक्रमले मुलुकमा नै नयाँ सन्देश दिने बताउँदै आयोजकलाई धन्यबाद दिनु भयो ।
यो कार्यक्रमलले थर्दा समग्र कपिलवस्तु बासीको शिर उचो भएको भन्दै भावी दिनमा पनि यस्ता कार्यक्रम गर्न आफूहरु पछि नपर्ने आयोजक जितपुर टोल विकास समितिका अध्यक्ष मदन ढुंगानाले बताउनु भयो ।
वरिष्ठ समाजसेवी दालखराम घिमिरेले पनि कार्यको प्रसंसा गर्दै लागु औषध दुव्र्यसनीकर्ताको जीवनमा आएको परिवर्तन देखेर सबैमा आध्यात्मिक र नैतिक चेतना हुने हो भने समाज नबिग्रने बताउनुभयो । कार्यक्रममा यस क्षेत्रमा रहेका समाजसेवी, राजनैतिक दलका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि लगायतले दैनिक रुपमा अवलोकन गरिरहनु भएको छ । कार्यक्रम मंसिर १० गते सकिने छ । कार्यक्रमको भक्ति दर्शन टेलिभिजन काठमाण्डौँले छायाँकन गरेको छ भने प्रदेश मिडिया पार्टनरको रुपमा रेडियो मायादेवी र मायादेवी अनलाइन रहेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७५ आइतबार ००:००  २ : ५३ बजे