८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

महिला हिंसा विरुद्धको १६ दिने अभियान शुरु



काठमाडौं ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । महिलामाथि हुने हिंसा अन्त्य गर्न सबै लाग्न र सचेतना अभियानलाई निरन्तर चलाउन कार्यक्रको सुरुवात गरिएको हो । हरेक वर्षको २५ नोभेम्वर देखि १० डिसेम्वरसम्म १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध एैक्यवद्धता जनाउन र जनचेतना कायम राख्न अभियानमा विभिन्न क्रियाकलाप र कार्यक्रमहरु आयोजना  गरिन्छ । महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्रा्ष्ट्रिय दिवसका अवसरका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिनु भएको छ ।

राष्ट्रपति भण्डारीले सन्देशमा महिलाविरुद्ध हुने सबै खालका हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउनु तथा आर्थिकरूपले आत्मनिर्भर र स्वावलम्बी बनाउन आवश्यकः भएको बताउनु भएको छ ।   जारी गरेको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले  बोक्सीको आरोप, छाउपडी, दाइजोजस्ता कुप्रथालाई कानुनले निषेध गरिसकेको अवस्थामा समेत समाजमा अहिले पनि रहिरहेका अन्धविश्वास, कुरीति, कुसंस्कारले गर्दा नेपाली महिला हिंसा, विभेद र अपमानका पीडा खप्न अझै बाध्य रहेको बताइन्।

प्रधानमन्त्री ओलीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नेपालले महिला हकअधिकारको संरक्षणमा ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै सरकारले महिलाविरुद्ध हुने सबै किसिमका हिंसाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताउनुभयो । “लैङ्गिक हिंसाको अपराधमा संलग्न हुने जोसुकैलाई कानूनबमोजिम कडा सजाय दिन सरकार दृढ छ”, उहाँले भन्नुभयो, “मुलुकी देवानी संहिता र मुलुकी अपराध संहिताको प्रभावकारी कार्यान्वयबाट सबै प्रकारका हिंसा अन्त्यका लागि थप बल प्रदान गर्ने मैले विश्वास लिएको छु ।”

प्रधानमन्त्री ओलीले संविधानले सन्देशमार्फत सबै किसिमका लैङ्गिक विभेदको अन्त्य गर्ने सङ्कल्प गरेको उल्लेख गर्दै प्रत्येक नेपाली महिलालाई विनालैङ्गिक भेदभाव समानवंशीय हक, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हकलगायत मौलिक हक प्रत्याभूत गरेको प्रष्ट पार्नुभयो ।

अध्यनहरु अनुसार संसारभरिका प्रत्येक तिन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनैनकुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरैजसो हिंसा भने उनिहरुका निकट, प्रेमी, विश्वासपात्र या जीवनसाथीबाट भोगेका हुन्छन् भन्ने जनाइएको छ । त्यस्तै अर्को अध्यनले संसारभरिका ३५ प्रतिशत महिलाहरुले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरीक या यौनजन्य हिंसाको शिकार भएका हुन्छन् भन्ने तथ्याङ्कले देखाउँछ । अर्कोतर्फ पुरुषहरुबाट कहिलेकाँही जानअञ्जानमा महिलाको संवेदनामा ठेस पुग्ने महिला हिंसाजन्य कार्यहरु भईरहेको हुन्छ । महिला हिंसाका क्रियाकलापहरु फराकिलो दायरा अन्तर्गत महिलाहरुको स्वीकृती बेगैर उनिहरुलाई असहज र अश्लिल कुरा सुनाउने कार्यहरू यौनजन्य हिंसाभित्र पर्दछ ।

नारी पात्र अर्थात महिलाको भूमीका मानव जीवनको विकासक्रममा अभूतपूर्व छ, पूज्य छ । आमाको कोंखबाट शुरुहुने मान्छेको जिन्दगी क्रमशः दिदी-वहिनीको माया, श्रीमतीको साथ, समाजको सह-अस्तित्व हुँदै अगाडी बढ्दछ । शुरुमा मुखमा परेको दुधको धर्सो देखि लिटोको रूपमा परेको प्रथम गाँस, ’कोखाई कोखाई’ गरेर खुवाउने, माया दिने तिनै नारी पात्र आमा नै हुन तर विडम्वना कस्तो छ भने संसारकै श्रृष्टि थेग्ने यिनै नारी पात्रहरु आजपनि संसारभरी नै हिंसाका शिकार भईरहेका छन् । आज यहि प्रकृतिका पर्याय अनि मानव सृजनाकी प्रतिमूर्ती नारी अर्थात् महिलाहरु प्रति हुने कुनैपनि हिंसा विरुद्धको दिवस हो ।

नारीको प्रेम र आत्मियता विना पुरुष र पुरुषको साथ र सम्मान विना महिला पूर्ण हुदैनन् ।  अब महिला हिंसाविरुद्धमा हामी सदैव सजग रहनु पर्दछ  । यसो गरे मात्र तब मात्र  महिला हिंसा अन्त्य भई महिला सशक्तिकरण बलियो बन्ने छ ।

 

 

प्रकाशित मिति : ९ मंसिर २०७५ आइतबार ००:००  २ : ४९ बजे